पहिचानको सङ्घर्ष सकिएको छैन: अध्यक्ष यादव
पोखरा, १८ फागुन । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा पहिचानको सङ्घर्ष जारी रहेको बताउनुभएको छ ।
पूर्व सैनिक तथा प्रहरी महासङ्घको सोमबार पोखरामा आयोजित प्रथम राष्ट्रिय भेलामा उहाँले लामो समयदेखि पिछडिएको वर्ग र समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउनका लागि आफूहरूले सङ्घर्ष गर्नुपरेको बताउनुभयो ।
पहिचानको सङ्घर्षका क्रममा विभिन्न ३५/३६ चरणमा वार्ता भए पनि मधेसी, आदिवासी, जनजातिलगायतका पिछडिएका वर्ग र समुदायका मागलाई सम्बोधन गर्ने पक्षमा सरकार नरहेको उहाँले बताउनुभयो ।
भूतपूर्व सैनिक तथा प्रहरीले नेपाल एवम् विश्वको स्वतन्त्रताका खातिर महत्वपूर्ण योगदान गरेपनि उनीहरूको उचित कदर हुन नसकेको अध्यक्ष यादवले बताउनुभयो ।
सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोककुमार राईले देश आफ्नो भएपनि राज्य आफ्नो हुन नसकेको नेपालका आदिवासी जनजाति तथा पिछडिएको वर्गको गुनासो रहेको उल्लेख गर्नुभयो ।
समानता र न्याय प्राप्तिको सङ्घर्षका लागि आफूहरू निरन्तर लाग्ने र प्रत्येक जातजाति भाषाभाषीको गौरवपूर्ण इतिहासलाई उचो बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले पहिचानका लागि सङ्घर्षरत आदिवासी जनजातिहरू राजकीय सत्ता र शासनमा आफ्ना हक अधिकारलाई सुनिश्चित गर्न क्रियाशील बनेको धारणा राख्नुभयो ।
भूतपूर्व सैनिक तथा प्रहरी महासङ्घका इन्चार्ज लक्ष्मीनारायण खत्रीले भूतपूर्व सैनिक र प्रहरीका अधिकारलाई सुनिश्चित गर्न महासङ्घ क्रियाशील बन्ने बताउनुभयो ।
कार्यक्रममा गोर्खाली वीरहरूको इतिहास झल्काउने विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो ।
सदनमा प्रहरीलाई आक्रमण गर्ने कनेक्टिकटका व्यक्ति न्युयोर्कमा पक्राउ
अन्तर्राष्टिय नेपाली साहित्य समाज,कोलोराडो शाखाको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन समिति गठन
ह्यारिसले ३ जना सिनेटरलाई सपथ गराउदै सिनेटमा डेमोक्र्याटिकलाई बहुमत दिलाइन
” हामी नेपाली” को सद्भावना दूतमा राजा घले
“यो अमेरिकाको दिन हो। यो प्रजातन्त्र दिवस हो,” : बाइडेन
प्रतिक्रिया