शनिबार, साउन १६ २०७८
काठमाडौं ०९:२८
वासिङटन डिसी 23:43

न्यूयोर्कमा नेजा नाइट हुँदै,ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरु सहभागी हुने

इनेप्लिज २०७२ मंसिर ३ गते १२:५६ मा प्रकाशित

orivtx1447902296neaja-night-1

न्यूयोर्क,अमेरिका,नोभेम्वर १८ | नेपाल अमेरिका पत्रकार संघ, नेजाले यही नोभेम्वर २९ तारिख आईतवारका दिन न्यूयोर्कमा नेजा नाईट नामक भव्य सांगीतिक कार्यक्रम गर्ने भएको छ । नेजाको आकस्मिक कोषको सहयोगार्थ न्युयोर्कको ज्याक्सन हाईटस्थित गुल्शान टेरेसमा यस्तो कार्यक्रम गर्न लागिएको कार्यक्रमको संयोजन गरिरहनु भएका नेजाका महासचिव भोला आचार्यले जानकारी दिनु भएको छ |
यो कार्यक्रमलाई विशेष बनाउन आफुहरु लागिपरेको भन्दै महासचिव आचार्यले अहिलेसम्म कार्यक्रममा नेपाली सिने जगतमा महानायकको रुपमा सम्मानित राजेश हमालदेखि चर्चित हाँस्य कलाकार मनोज गजुरेल, नायक दिलीप रायमाझीले आ आफ्नो प्रस्तुती मार्फत न्यूयोर्कवासी दर्शकहरुलाई मनोरंजन दिलाउने निश्चित भएको जनाउनु भएको छ | यसैगरी गायकद्धय यम बराल र कर्मा शेर्पा (सारेगम) र एउटा मात्र खुट्टाको सहाराले पनि कुशल नृत्य प्रस्तुत गर्ने रश्मी खरेलले साहसिक सन्देशसहितको प्रस्तुतीबाट दर्शकहरुलाई मनोरन्जन दिलाउनु हुनेछ |
हाल न्यूयोर्कमै रहनु भएका हाँस्य कलाकार मनोज गजुरेलले न्यूयोर्कमा हुन लागेको नेजा नाइटमा आफ्नो यस पटकको अमेरिका भ्रमणको अन्तिम प्रस्तुती गर्न लागेको र यसलाई विशेष बनाउन लालबाबु पण्डितको भूमिकालाई विशेष रुपमा प्रस्तुत गर्ने तयारी गरेको जनाउनु भएको छ | यसैगरी महानायक राजेश हमालको पनि नेजा नाइटमा हुने प्रस्तुती नै यस पटकको अमेरिका भ्रमणको अन्तिम प्रस्तुती हुनेछ | हमालले पनि दर्शकहरुलाई विशेष प्रस्तुती दिन आफुले तयारी गरिरहेको जनाउनु भएको छ | यता बाल्टिमोरमा रहेका नायक दिलीप रायमाझी पनि न्यूयोर्कमा आफ्नो प्रस्तुतीका लागि उत्साहित रहेको भन्दै दर्शकहरुलाई मनोरंजन दिलाउन भरमग्दुर प्रयास गर्ने बताउछन् | गायक यम बरालको गीतमा महानायक राजेश हमालले विभिन्न चलचित्रमा अभिनय गरेका छन् | यस अर्थमा प्ले ब्याक गायकको साथमा यम बराल र राजेश हमाल,यम बराल र दिलीप रायमाझी लगायतका गायक/नायकको एकसाथ प्रस्तुती विशेष हुने आयोजकहरुको भनाई छ |
दुईवर्षअघि नेजा नाईट शुरु गरेको नेजाले यस पटकको नेजा नाईटलाई नेजा नाईट टु भनेर नाम दिएको छ । नेजा नाईट दुई अन्तर्गत एउटा कार्यक्रम अघिल्लो महिनामा भर्जिनियामा सम्पन्न गरिसकेको छ । वेलुकी ६ बजेबाट १ बजेसम्म आयोजना हुने यो कार्यक्रम ऐतिहासिक वन्ने विश्वास कार्यक्रमको संयोजन गरिरहेका संस्थाका महासचिव भोला आचार्यले व्यक्त गरे ।मेरोखबर.नेट बाट

orivtx1447902296neaja-night-1

प्रतिक्रिया