शनिबार, साउन ९ २०७८
काठमाडौं २३:१३
वासिङटन डिसी 13:28

ओली सरकारमा थपिए तीन उपप्रधान र चार मन्त्री

इनेप्लिज २०७२ कार्तिक १९ गते ११:२६ मा प्रकाशित

New-ministerकाठमाडौँ, १९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन उपप्रधामन्त्री र चार मन्त्री थपेका छन् । यससँगै ओली सरकारमा छ उपप्रधानमन्त्री भएका छन् ।

फोरम लोकतान्त्रिकका विजय गच्छदार, राप्रपा नेपालका कमल थापा र एमाओवादीका टोपबहादुर रायमाझी यसअघि नै उपप्रधानमन्त्री भइसकेका छन् । १६ मन्त्री र दुई राज्यमन्त्रीसहित केपी ओली नेतृत्वको मन्त्रिपरिषद् २८ सदस्यीय भएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नै दल एमालेका उपाध्यक्ष भीम रावलसँगै माले महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त उपप्रधानमन्त्री मध्ये रावलले सहरी विकास, केसीले सहकारी तथा गरिबी निवारण र मैनालीले महिला बालकालिका तथा समाज कल्याण मन्त्रालय सम्हाल्नेछन् ।

यस्तै आज नै चार मन्त्री थपिएका छन् । एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल, सञ्चारमन्त्रीमा शेरधन राई, पर्यटनमन्त्रीमा आनन्द पोखरेल र श्रममन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन् ।

प्रतिक्रिया