आइतबार, मंसिर १४ २०७७
काठमाडौं २३:००
वासिङटन डिसी 12:15

अमेरिकामा डा सिलवाल अल्ट्रा दौडमा तृतीय हुदै १२ हजार माईल्सको दौड पुरा गरे

इनेप्लिज २०७२ असोज १३ गते १०:५२ मा प्रकाशित

suman 7

काठमाडौँ ताहाचल घर भै हाल अमेरिकाको अलाबामाका स्थाई बसोबास भएका नेपाली मुलका सुमन सिलवाल (बिध्या वारिधि )ले सेप्टेम्बर २७ तारिखमा अलाबाको बिर्मिन्ग्हम स्टेज दौड अन्तर्गत तिन दिन ,तिन वटा पहाड तथा ५३ माइलको अल्ट्रा दौडमा तृतीय स्थान प्राप्त गर्दै उनले १२ हजार माइलको दौड पुरा गरेका छन् l गत बर्ष सम्पन्न भएको उक्त दौडमा उनले प्रथम स्थान प्राप्त गरेका थिए l

उक्त दुरी अमेरिकाबाट नेपाल सम्मको हवाई दुरी भन्दा पनि ज्यादा उनले लामो दुरीको म्याराथुन दौड पुरा गरि सकेका छन् l अमेरिकाबाट नेपालको हवाई दुरी करिब ९ हजार माइल्स पर्दछ भने २००७ देखि २०१५ को म्याराथुन दौडमा १२ हजार माइल्स पुरा गर्न सफल भएका छन् l

भर्खर मात्र बिद्या वारिधि हासिल गरेका डा सिलवाल सूचना प्रबिधिका सफ्टवेयर अभियन्ता हुन् भने बिमा प्रतिष्ठानमा कार्यरत छन् l झन्डै दुई दशक भन्दा अगाडी उच्च शिक्षा हासिल गर्न अमेरिका आएका डा सिलवाल नेपालमा हुदा दौड नगरेको बताउदै आफुले अक्टोबर २००७ देखि लामो दुरीको दौड गर्न सुरु गरेको बताए l

उनले डिसी महानगर क्षेत्र बाट संचालित ईनेपलिज़ संग कुराकानी गर्दै २००७ देखि जब दौड सुरु गरे तब देखि आफुले पछाडी नफर्केको बताए l उनको प्रथम म्याराथुन दौड २००८ को शरद् ऋतु बाट श्री गणेश भएको बताउदै झन्डै ५८ वटा म्याराथुन (४२ कि मि) तथा अल्ट्रा (४२ किमि भन्दा ज्यादा ) गरि १२ हजार माईल्स पुरा गर्न सकेकोमा हर्ष व्यक्त गरेका छन् l

आफ्नो घर अलाबामा बाट म्याराथुन दौडनको लागि ,जापानको टोकियो ,टोरोन्टो ,अमेरिकाका विभिन्न शहरहरु ,बोस्टन ,सिकागो ,न्युयोर्क ,स्कटल्याण्ड तथा वाशिंगटन डिसी समेतमा सहभागी जनाई सकेको बताए l २०१५ मा बोस्टनमा भएको म्याराथुन दौडमा पुरा गर्न सकेकोमा त्यो ठुलो उपलब्धि रहेकोमा दंग पर्दै यहाँ सम्म आई पुगेकोमा गर्व लागेको डा सिलवालले बताए l

डा सिलवालले दौडनु मेरो लागि उत्साह हो l भित्र देखि म दौडन रमाउछु डा सिलवालले भने l डा सिलवालले अक्टोबर २००७ सम्म पनि आफु दौडनु पर्छ भन्ने मनमा नलागेको बताउदै बाल्य अवस्थामा दाजु तथा साथीहरु संग मनोरंजनको लागि हल्का आफुले दौडेको मात्र थाहा भएको बताए l

suman 8धावक बन्ने हो भने पढ्नु जरुरि सम्झी पुस्तक ,लेख तथा पत्रिका पढ्न सुरु गरे l अचानक एउटा धावकहरुको विश्व अभिलेख राख्ने लगइन गर्ने संजाल पाए l आफुले कति दौडेको अभिलेख राख्ने क्रममा १ हजार ७ सय २० दौड पुरा गरे पछि आफुले जीवनमा १० हजार माइल्स दौडन सकुला त भन्ने सोच आएको सम्झदै आज १२ हजार माइल्स दौड पुरा गर्न सफल भएकोमा सन्तोष लागेको बताए l

सुरुवात छर छिमेकी बाट कुद्न सुरु गरे l त्यस पछि एक स्थान बाट अर्को स्थान गर्दै माइल्स बाट माइल्स सुरु भयो डा सिलवालले भने l

दौडको लागि आफुले अनगिन्ती ठाउँहरु पुगेको चर्चा गर्दै फ्लोरिडाको समतल मैदान देखि सगरमाथाको आधार सिविर सम्म ,स्कटल्याण्डको रोयल माइल देखि काठमाडौँका गल्लि सम्म , हंगकंगको भिक्टोरिया चुचुरो देखि हलिवुडको मुख्य सडक सम्म कुदेको बताए l

unnamed (2)म्याराथुन दौडको विकास संगै २०१२ देखि अल्ट्रा दौडमा परिक्षणको लागि कोसिस गरे l छिटो कसरी गर्न सकिन्छ भनि जानकारी प्राप्त गरे पछि परिक्षणको लागि आफुले क्यानडाको टोरोन्टोको केहि पहाडहरुमा पनि सुरु गरेको बताए l

अझ पनि म दौडको मामलामा बिद्यार्थी नै छु भन्दै जीवनभर नै सिक्ने आफुलाई ठान्दछु डा सिलवालले भने l फेरी दुई हप्ता पछाडी सिकागोमा हुने म्याराथुन दौडको लागि आफु तयारी पनि भै रहेको जानकारी गराउदै पोसाक पनि आफुले प्राप्त भएको जानकारी डा सिलवालले गराए l

unnamedडिसीमा हुने दौडको लागि गोर्खाली डट ओर्गले कोष वृद्धि गर्दै आएको छ भने म्याराथुन दौड सम्बन्धि सामाजिक संजालमा बिस्तृत जानकारी राखिएको बताए l

Washington DC Nepal Fundraising: http://www.gorkhaly.org/suman-silwal/
 MarathonRuns Facebook page: https://www.facebook.com/marathonRuns

तस्बिर सौजन्य :डेविड क्रिस्टी

 

suman

suman 4 (2) suman 3 (2) suman 1 (2)

प्रतिक्रिया