बिहीबार, मंसिर ११ २०७७
काठमाडौं १८:०३
वासिङटन डिसी 07:18

स्वास्थ्य सेवालाई ग्रामीण भेगसम्म विस्तार गर्नुपर्छ: नेता कोइराला

इनेप्लिज २०७२ भदौ २४ गते १४:२५ मा प्रकाशित

Rss_Images_1441888564277_PPM-KTM-B.P.palang hastantaranकाठमाडौँ, २४ भदौ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले स्वास्थ्य सेवालाई ग्रामीण भेगसम्म विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

बिपी कोइरालाको १०१ औँ जन्मजयन्तीको अवसरमा नेपाल स्वास्थ्यकर्मी सङ्घ विभागिय कार्यसमितिले आज यहाँ आयोजना गरेको ‘बिपीको विचार तथा नेपालको स्वास्थ्य सेवा’सम्बन्धी विचार गोष्ठीमा नेता कोइरालाले कोही पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नहुने धारणा राख्नु भयो ।

उहाँले राष्ट्रियतालाई मजबुद बनाउन जनतालाई अधिकार सम्पन बनाउनु पर्ने आवश्यकता रहेको बताउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति गर्न नहुने स्पष्ट पार्नुभयो ।

नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले गरिब नेपालीका छोराछोरीलाई स्वास्थ्य क्षेत्र महँगो भएको बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसीले स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो भूमिका महिला स्वास्थ्य स्वयम् सेविकाको रहेको उल्लेख गर्नु भयो ।

नेपाल नर्सिङ युनियनका अध्यक्ष जानकी केसी, प्रजातान्त्रिक जनस्वास्थ्य सङ्घका उपाध्यक्ष हरिशरण कार्की, वीर अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा ढुण्डीराज पौडेल, नेपाल चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले बिपीको सपना प्रत्येक नेपालीलाई निशुल्क स्वास्थ्य सेवा भएको बताउनुभयो ।

प्रतिक्रिया