शुक्रबार, असार १७ २०७९
काठमाडौं ०१:१७
वासिङटन डिसी 15:32

बिआरटी नेपालको चौथो वार्षिक उत्सब सम्पन्न

इनेप्लिज २०७२ भदौ १ गते १७:५१ मा प्रकाशित

b (288)बिआरटी नेपाल डट कमको वार्षिक उत्सब यही अगस्ट महिनाको १६ तारिखका दिन भव्य रूपमा सम्पन भएको छ । बिबिसी साझा सवाल कार्यक्रमका पूर्व प्रस्तोता नारायण श्रेष्ठ र एच बि भण्डारी उपस्थिति सहित कोलोराडोका बुद्धिजीवी वर्ग, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको बिचमा ४ वर्ष पुरा गरी ५ वर्षमा सफलता पूर्वक प्रवेश गरेको खुसीयाली मनाइएको थियो । सालीन र भद्र रूपमा सबैलाई समान हैसियतमा राखेर राजु सिटौला सञ्चालन गरेको यस कार्यक्रममा कोलोराडोमा पहिलो चोटि आसन ग्रहणको परम्परालाई तोडिएको थियो ।

b (27)

कार्यक्रमको नेपालमा पत्रकारितामा चिरपरिचित व्यक्तित्वको रूपमा आफूलाई प्रमाणित गरी सकेका पत्रकार नारायण श्रेष्ठले आफ्नो अनुभवहरू सुनाउदा एक चोटि नेपालको भुगोल जनसमुदाय बिच उभिएको भान भएको थियो । नेपालको राजनीतिको बिसंगती, साझा सवाल द्वारा आफूले दिएको योगदान, सामुदायिक रेडियो सगरमाथामा पाएको माया, पत्रकारले थेग्नु पर्ने चुनौती जस्ता विविध विषयमा रमाइलो ढङ्गले प्रस्तुत गर्नु भएको थियो । त्यस्तै बल्टिमोरबाट आउनु भएको अर्का बक्ता एच बि भण्डारीले अमेरिकामा आफूले गरेको राजनीति, नेपालीले भोग्नु पर्ने समस्या,त्यसको साबधान, नेपाली समुदायले खेलु पर्ने भूमिका आदिको सकरात्मक रूपमा प्रकाश पार्नु भएको थियो । प्राध्यापन पेसमा संग्लग्न Secretary of Minority Caucus at Young Democrats of America and Adjunct Faculty at Baltimore City Community College समेत रहेका भण्डारी विभिन्न नेपाली तथा अमेरिकन समुदायमा सकृय संग्लग्न हुनुहुन्छ । दुवै बक्ताले बिआरटी नेपालको प्रगतिको कामना गर्नुको साथै बिआरटी टिमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

b (33)

स्थानीय संस्था रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल र नेपाली घरका अध्यक्ष क्रमश शरद आचार्य र योगराज गौतमले पनि बिआरटी नेपाललाई शुभकामना दिनुको साथै यसले गरेको योगदानको प्रशंसा गरेका थिए । बिआरटी नेपालका संस्थापक शैलेश पोखरेलले बिआरटी नेपाललाई सुरुको अवस्था देखि यो अवस्था सम्म ल्याउन साथ दिने भुपेन्द्र महत र राजु सिटौला, विजय घिमिरे तथा राजन श्रेष्ठको योगदानको सह्राना गर्नुको साथै प्रमाण पत्र र उपहार प्रदान गर्नु भएको थियो, साथै पत्रकार नारायण श्रेष्ठलाई सङ्गीत कर्मी तथा वरिष्ठ गायक हिरण्य भोजपुरेको हातबाट मायाको चिनो प्रदान गरिएको थियो । रात्रि भोजको समेत बेबस्था गरिएको उक्त कार्यक्रममा केक समेत काटिएको थियो ।

b (327)

फोटो: भुपेन्द्र महत, दिपेन श्रेष्ठ, नम्रता पोखरेल

प्रतिक्रिया