विश्व पौडी च्याम्पियनसिपमा भाग लिन नेपाली टोली रुस प्रस्थान
काठमाडौँ, १२ साउन । रुसको कजानमा हुने १६औँ विश्व पौडी च्याम्पियनसिपमा सहभागिता जनाउने सिलसिला नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।
यही साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा शिरिष गुरुङ, किरण कार्की, गौरिका सिंह र सोफिया शाहले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षणका क्रममा लन्डनमा रहेकी गौरिका भने उतैबाट रुस आइपुग्ने टिम व्यवस्थापक वासुदेव निरौलाले जानकारी दिनुभयो ।
प्रतियोगितामा शिरिषले ५० र एक सय मिटरको फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछिन् भने किरणले ५० र सय मिटको ब्रेस्ट स्ट्रोक, गौरिकाले एकसय मिटरको ब्याक स्ट्रोक, फ्री स्टाइल र सोफियाले ५० र २०० मिटरको फ्री स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।
तीन खेलाडीसहित प्रशिक्षक ईश्वर कार्की र टोली व्यवस्थापक निरौलालाई आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । उक्त टोली आज राति ११ बजे त्यसतर्फ प्रस्थान गर्दैछ । रासस
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया