ड्यालसमा बिनोद रोका : सन्दर्भ TPS कार्यक्रम- हरेक पटक १०० भन्दा बढी सेवाग्राहीलाई प्रत्यक्ष सेवा

इनेप्लिज २०७२ साउन ११ गते २१:२४ मा प्रकाशित

DSCN7293 copyनेपाली समाज टेक्सासको आयोजनामा टेक्सासको इर्विंग शहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनमा आज TPS को जानकारी तथा फर्म भर्न सहयोग पुर्याउने कार्यक्रमको आयोजना गरियो। न्युयोर्कबाट आउनु भएका एटर्नी विनोद रोक्काले टेक्सासको ड्यालस स्थित नेपाली मन्दिरमा आइतबार अमेरिकाले हालै नेपालीलाई दिएको टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) बारेमा जानकारी दिनु भयॊ I

Biyansa-neupane

उक्त अन्तरक्रिया कार्यक्रमा उहाँले टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस) अमेरिकी सरकारले हालै नेपालमा आएको भूकम्पको कारणले आफ्नो देशमा अमेरिकाबाट फर्केर जाने नेपाली वा नेपालमा बसोबास गरेका अन्य देशका व्यक्तिहरूलाई १८ महिना सम्मकोलागि अमेरिकामा बसोबास गरी काम गर्न पाउने सुविधा दिएको छ I यो सुविधा पाउनको लागि यस्ता व्यक्तिहरू अमेरिकामा जुन २४, २०१५ भित्र आइसकेको र सो समयदेखि लगातार अमेरिकामा बसोबास गरेको हुनु पर्दछ I

अन्तरक्रिया कार्यक्रममा बि-१/बि-२, बिधार्थी, एसाइलम लगायत विभिन्न स्टाटसमा रहेका व्यक्तिहरूले टिपीएसमा एप्लाई गर्दा के हुन्छ, यसमा कसरी एप्लाई गर्ने जस्ता विविध प्रकारका समस्याहरूको जानकारी अधिवक्ता रोक्काले प्रदान गर्नु भएको थियो।

DSCN7325 copy

उक्त कार्यक्रममा USCIS – DALLAS DISTRCIT Community Relations Officer JESUS RAMIREZ ले टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस)को सुविधाको बारेमा इजाजत प्राप्त एम्मीग्रेशन एटर्नी वा अधिकार प्राप्त सस्थाका अधिकार प्राप्त प्रतिनिधिको सल्लाह र सुझब दिनु भयो साथै उहाले विभिन्न सहभागीहरुबाट सोधिएको टीपीएस सम्बन्धि प्रश्नको जवाफ दिनुभएको थियो ।

यस अघि पनि ड्यालसमा टिपीएस सेमिनार भए पनि आज नेपाली भाषी अधिवक्ता भएर होला टेक्सासको इर्विंग सहरमा रहेको नेपाली सांस्कृतिक तथा अध्यात्मिक केन्द्र (नेपाली मन्दिर) भवनको हल खचाखच भरिएको थियो । यो नेपाली समाजको सहभागिता तथा आयोजनामा भएको चौथो TPS कार्यक्रम हो। आज यस कार्यक्रमको सहभागिताले ड्यालस क्षेत्रमा टिपीएस सेवाग्राही निकै रहेको अनुमान गर्न सकिन्थो र प्रतक्ष्य रूपमा ५० जना भन्दा बढीले सुविधा लिनु भयो I

DSCN7359 copy

कार्यक्रमका संयोजक एबम HDNP का सस्थापक देवी आचार्यले उक्त कार्यक्रममा सहभागी भएका ड्यालसमा रहेका सम्पूर्ण सङ्घ संस्था र टेम्प्रोररी प्रोटेक्टेड स्टाट्स (टीपीएस)का बारेमा जानकारी लिन आउनुभएका सहभागी र USCIS का प्रतिनिधि एबम एटर्नी विनोद रोक्कालाई धन्यवाद ज्ञापन गर्नुभयो I

प्रतिक्रिया