आइतबार, जेठ ३० २०७८
काठमाडौं ०२:३५
वासिङटन डिसी 16:50

देश संविधान निर्माणको रफ्तारमा छ: नेता खनाल

इनेप्लिज २०७२ साउन ३ गते १५:०० मा प्रकाशित

jhalanath-khanalइलाम, ३ साउन । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देश संविधान निर्माणको रफ्तारमा अघि बढेकाले चाँडै संविधान जारी हुने बताउनुभएको छ ।

नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथिको राय सुझाव लिन गृह जिल्ला इलाम आउनुभएका नेता खनालले आज फिक्कलमा आयोजित कार्यकर्ता भेटघाटमा संविधान बनाएर मुलुकलाई दिगो शान्तितर्फ उन्मुख गराउने बताउनुभएको हो ।

संविधानको मस्यौदामा आफ्नो निर्वाचन क्षेत्रकालाई सक्रियतापूर्वक सहभागी बन्न आग्रह गर्दै उहाँले भन्नुभयो, “संविधान बन्न लागेको छ, आफूलाई लागेका विचार र मस्यौदामा चित्त नबुझेका कुरा राख्न पाइन्छ । धेरै भन्दा धेरै सुझाव दिनुस् ।”

मस्यौदामा जनताले दिएका राय सुझाव समेटेर तत्कालै संविधान जारी गरिने उहाँको भनाइ थियो । “तपाईंहरुको महत्वपूर्ण सुझाव संविधानमा अवश्य समेटिन्छन्”–नागरिकलाई आश्वस्त पार्दै नेता खनालले भन्नुभयो ।

सोमबार हुने सुझाव सङ्कलनका लागि सभासद्हरु सुजता परियार, केशव थापा र सूर्यबाला राई इलाम आइसक्नुभएको छ ।

प्रतिक्रिया