सबै दलको अधिकतम सहमतिमा बजेट ल्याइनुपर्ने एमालेको निष्कर्ष
काठमाडौँ, २६ असार । सत्ता साझेदार दल नेकपा (एमाले) ले संविधान निर्माणमा सकारात्मक सहयोग गर्ने दलहरुबीच अधिकतम सहमतिमा आगामी आर्थिक वर्षको बजेट ल्याइनुपर्ने निष्कर्ष निकालेको छ ।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आज बसेको पार्टीको स्थायी समिति बैठकले दलीय सहमतिको बजेटका लागि प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुरा गर्ने निर्णय गरेको हो ।
सहमतीय संविधान बनाउने दिशामा अघि बढिरहेको सन्दर्भमा सरकारमा सामेल भएका र बाहिर भए पनि संविधान निर्माणको सन्दर्भमा सकारात्मक भूमिका निर्वाह गरेका सबै दलको सहमतिमा बजेट ल्याउनुपर्ने बैठकले निचोड निकालेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
“संसदमा पेस भएको सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा छलफल चलिरहेको छ र त्यस आधारमा बजेट बन्दैछ, सकेसम्म सबै दलको अधिकतम सहमतिमा बजेट प्रस्तुत गर्नपर्छ, भन्नेमा हाम्रो पार्टीले चासो व्यक्त गरेको छ, त्यसबारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग कुराकानी गर्ने भन्ने आजको बैठकमा कुराकानी भएको छ,”–उहाँले भन्नुभयो ।
बैठकले संविधान निर्माण प्रक्रियालाई यथासक्य चाडो गर्नेगरी कार्यतालिका बनाउनुपर्नेमा जोड दिएको छ ।
संविधान निर्माणको सन्दर्भमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकलाई थप जानकारी गराउनुभएको थियो ।
संविधान निर्माणको कार्य निर्धारित कार्यतालिका अनुसार अघि बढेको र अब कुनै पनि हिसाबले ढिलो नगरी छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्नेमा स्थायी समितिमा एकमतका साथ कुरा उठेको छ ।
संविधानको मस्यौदाबारे चाँडो जनताको सुझावलाई लिएर साउन महिनाको दोस्रो वा तेस्रो हप्ताभित्र संविधान जारी गर्नेगरी कार्यतालिका बनाउनुपर्ने बैठकले निचोड निकालेको प्रचार विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
क्यालिफोर्नियामा नेपाली मूलकी होनहार युवती मनसुन पाण्डेको अल्पायुमै निधन
न त मलाई कुर भन्न सके,नत उनलाई अन्तै घरजम गर भन्न सके
बाल्टिमोरमा नेपालीले संचालन गरेको नेपाली सरसामान पाइने थोक व्यवसाय यत्र तत्र सर्वत्र चर्चा
अमेरिकी नेपाली: इँजार चुढिएको सुरुवाल जस्तो
नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कार्यक्रममा लिइएका तस्बिरहरु – तस्बिर :राजीव श्रेष्ठ
साधारण सभाको लागि रजिस्ट्रेशन गर्ने बारे ..।
अमेरिकामा बिगत २४ घण्टामा कोभिड-१९ बाट १ लाख ८ हजार संक्रमित ,३७७ जनाको मृत्यु
भर्जिनियामा बच्चालाई गाडीमा छोड्दा बच्चाको मृत्यु ,केही घण्टा पछि बाबुले आत्महत्या गरे
अमेरिकाको टेक्ससराज्यमा मानव तस्करीको घटनामा सवारी साधन भित्र ४६ जना आप्रवासी मृत अवस्थामा फेला
अमेरिकी राष्ट्रपति वाइडेनसँग राजदूत खत्रीको अर्थपूर्ण भेट
प्रतिक्रिया