मंगलबार, साउन १९ २०७८
काठमाडौं २२:३४
वासिङटन डिसी 12:49

संकटमा मुलुकलाई सघाउन राजदूतको आग्रह

इनेप्लिज २०७२ जेठ २१ गते १३:४९ मा प्रकाशित

DSC03447

जुन ३

अमेरिकाका लागि नेपालका राजदूत डा. अर्जुन कार्कीले जुन ३ मा बाल्टिमोरमा आयोजित एक कार्यक्रममा दैवी प्रकोपले मुलुक संकटमा परेकाले सबै नेपालीले मुलुकलाई सघाउन आग्रग गर्नु भएको छ ।
बानाद्धारा आयोजना गरिएको नवनियुक्त राजदूत डा. कार्कीको स्वागत एवं भुकम्प पीडितहरुको राहतका लागि संकलित रकम हस्तान्तरण गर्ने कार्यक्रममा राजदूत डा कार्कीले त्यस्तो आग्रह गर्नु भएको हो ।

DSC03476

समारोहमा नेपालमा गएको महाभुकम्पबाट पीडितहरुको सहयोगार्थ, बाल्टिमोर एसोसियन अफ नेपाली इन अमेरिका –वाना)ले संकलन गरेको २५ हजार अमेरिकी डलर रकम प्रधानमन्त्री राहत कोषमा पठाउन वानाका कार्यकारी पदाधिकारीद्धारा राजदूतलाई हस्तान्तरण गरिएको थियो ।

समारोहमा राजदूत डां कार्कीले देशमा परेको विपत्तीलाई केन्द्रमा राखेर देश वाहिर रहेका नेपालीले गरेको सहयोग धेरै अर्थमा महत्व राख्ने बताउनुभयो । साथै, उहाँले देश दैवी प्रकोपमा परिहेको बेला सबै नेपालीले आआफनो ठाउँबाट मुलुकलाई सघाउने विषयमा चिन्तन गर्न आग्रह गर्नुभएको छ ।
राजदूत डा. कार्कीका अनुसार सरकारमार्फत् सहयोग गर्न चाहनेहरुका लागि दूतावसको नाम र प्रधानमन्त्री राहत कोषका नाममा सिटी बैकमा खातासमेत खोलिएको छ ।
राजदूत कार्कीले कतिपय समारोह, टेलिफोन, इमेलमार्फत् संकलित रकम प्रति संकेत गरिएको शंकाप्रति इंकति गर्दै भन्नुभयोः सरकारमात्र त्यस्तो संयन्त्र हो जसले प्रधानमन्त्री राहत कोषमा जम्मा भएको रकम सिधै जनतासमक्ष पुर्याउँछ । सरकारले ओभरहेड यातायातलगायतका खर्चहरु राहत कोषको रकमबाट खर्च गर्दैन । जनताका लागि सिधै खर्चिन्छ ।

DSC03384

“पैसाको हिसावले रकम सानो भएता पनि विदेशमा रहेका नेपालीहरुको दिएको सहयोग हाम्रा लागि ठूलो महत्व राख्दछ ।” भनी राष्ट्पति रामवरण यादव एवं प्रधानमन्त्री शुसिल कोइरालाले समेत टेलिफोन मार्फत् आफूलाई सम्झाउनु भएको जनाउँदै राजदूत कार्कीले आग्रह गर्नुभयोः नेपाललाई आइ परेको विपद्को सबै नेपाली एकत्रित भएर ऐतिहासिक जिम्मेवारी बहन गर्नुपर्ने बेला आएको छ ।

समारोहमा अमेरिकाका लागि अवैतानिक महावाणिज्य दूत प्रेमराजा महतले नेपालको लागि सहयोग जुटाउन प्रयासरत रहनुले नेपाली प्रतिको मायालाई पुष्टि गरेको जनाउँदै नेपाल सरकारलाई सहयोग गर्ने भावना हुनु नै सबैभन्दा बढी मुलुकप्रतिको सद्भाव हो भन्नुभयो ।
महाभुकम्पमा परी मृत्य भएका आत्माहरुको शान्तिको लागि कामना गर्दै एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रममा मेरिल्याण्ड राज्यका प्रतिनिधि क्रिट मेलीले नेपालमा परेको विपदलाई राहत, निर्माण, पुन निर्माण गरी तीन चरणमा गरिने कार्यका लागि राज्य र केन्द्रिय सरकारको सहयोग हुने विचार राख्नुभयो ।

DSC03389

बानाका अध्यक्ष कूलमणि आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एनआरएनका उपाध्क्ष रविना थापा, जनसम्पर्क समिति मेरिल्याण्डका राजु सेन्चुरी, प्रवासी नेपाली मन्च मेरिल्याण्का पारसमणि श्रेष्ठ, प्रवासी नेपाली एकता समाजका युद्ध बहादुर पन्तले मन्तव्य राख्नु भएको थियो ।

बानाका  उपाध्यक्ष सतिस चापागाईले स्वागत मन्तव्य, एवं अध्यक्ष आचार्यले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया