मंगलबार, मंसिर ९ २०७७
काठमाडौं १२:२९
वासिङटन डिसी 01:44

सुरक्षाकर्मीको अथक प्रयासमा पुनर्जन्मको शृङ्खला

इनेप्लिज २०७२ वैशाख १७ गते १३:१९ मा प्रकाशित

सूर्यचन्द्र बस्नेत/भीष्मराज ओझा

11179950_827014394058134_3401437644581354232_n

हिडेन गेष्ट हाउसमा काम गर्दै आएका पेम्बा लामा शनिबार आएको भूकम्पले होटल भत्किएपछि त्यसैमा पुरिए । घरभित्रै पुरिएका उनको बाँच्छु भन्ने आशा मरिसकेको थियो । तर उनको भाग्य बलियो रहेछ । उनी पुरिएको सूचना साथीले दिएपछि सुरक्षाकर्मीले उनलाई घटनाको छैटौं दिन जीवितै उद्धार गरे ।

“लामाका साथीले दिएको सूचनाका आधारमा विदेशी उद्धार टोलीले भग्नावशेषभित्र मानिस फसेको एकीन गरेपछि सशस्त्र प्रहरीको टोली सो भवनको ढलान फोडेर भित्र छिरेको थियो, त्यसपछि भग्नावशेषभित्रै लामालाई फेला पारेपछि टोलीले भित्रै उनलाई जुस र पानी खुवाएर जीवितै उद्धार गर्न सफल भयो,” लामाको उद्धारमा खटेका सशस्त्रका प्रहरी निरीक्षक एलबी बस्नेतले भन्नुभयो ।

प्रतिक्रिया