मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०८:४६
वासिङटन डिसी 22:01

सद्दाम हुसेका निकट सहयोगी दौरीको हत्या

इनेप्लिज २०७२ वैशाख ५ गते १२:२६ मा प्रकाशित

Ma-2-335x217

काठमाडौं, ५बैशाख । इराकमा पूर्व राष्ट्रपति सद्दाम हुसेनका निकट सहयोगी मानिने एक पूर्व सैनिकको हत्या गरिएको छ ।

पछिल्ला दिनमा अतिवादी शिविरका नेता मानिएका इज्जत इब्राहिम अल दौरी एक मूठभेडमा मारिएको इराकी अधिकारीहरुले जनाएका हुन् ।

उनलाई उत्तरी बगदादको सलाहुद्दीन प्रान्तमा भएको एक भिडन्तमा मारिएको हो । अल दौरीका समर्थकहरुले भने सरकारी दावीलाई अस्वीकार गरेका छन् ।

अल दौरी सद्दाम हुसैन शासनकालका अन्तिम महत्वपूर्ण व्यक्ति मानिन्थे । ७२ वर्षिय दौरीले नक्शबन्दी विद्रोही समूहको नेतृत्व गरेका थिए । जो इस्लामिक स्टेटको प्रोत्साहन दिने समुह मानिन्छ । एजेन्सी

प्रतिक्रिया