टर्किस एयरको जहाज धावनमार्गबाट हटाइयो
काठमाडौँ, २३ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरको विमानलाई चारदिनको अनवरत प्रयासपछि पार्किङस्थलमा पुर्याइएको छ ।
अवरुद्ध विमानस्थललाई चारदिनको प्रयासपछि जहाजलाई धस्सिएको स्थानबाट आज साँझ पार्किङस्थल नजिक पुर्याइएको हो । मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल चारदिन अर्थात करिब ८० घन्टा बढी अवरुद्ध भएको छ । विमानस्थलका प्रबन्धक पूर्णप्रसाद चुडालकाअनुसार विमानस्थल आजै ७ः३० बजेबाट सञ्चालनमा आउनेछ । टर्किस एयर दुर्घटनाका कारण बिग्रिएको बत्ती मर्मत गरिएको र दुर्घटनास्थलसमेत सफाई गरिएको छ ।
उहाँले धावनमार्गमा रहेका सबै अवरोध हटाइएकाले केहीबेरमै विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो । टर्किस एयरको जहाजलाई आन्तरिक विमानस्थल नजिक पु¥याइएको र आइतबार पूर्णरुपमा पार्किङस्थलमा लगिने र मर्मतको काम हुने बताइएको छ ।
विमानस्थलका अनुसार आजसम्म २४ हजार ३०० यात्रु तयारी अवस्थामा छन् भने त्यत्तिकै सङ्ख्यामा विभिन्न मुलुकका विमानस्थलबाट यात्रुहरु काठमाडौँ आउने तयारीमा छन् । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले विमानस्थल अवरुद्ध हुँदा बढेको यात्रुको चापलाई व्यवस्थित र सहज बनाउन विमानस्थल सञ्चालनमा आएपछि २४ सै घन्टा खुला गर्न लागिएको बताउनुभयो ।
उहाँले अवरुद्ध बनेको दिनसम्मको अवधि २४ सै घन्टा खुलाउने र सञ्चालन समयपछिका उडान नियमित हुने तर त्यसअघिका उडान डिले हुने जानकारी दिनुभयो ।
टर्किस एयरको जहाजलाई आज बिहान करिब ९ बजे धस्सिएको स्थानबाट करिब १५० मिटर तानेर मुख्य धावनमार्गमा लगिएको थियो । त्यहाँदेखि विमानस्थलको पूर्वपट्टिको हेलिप्याडतर्फको पार्किङसम्म पु¥याउन छ÷सातसय मिटर दूरीमा तान्ने क्रममा गति असन्तुलन भएर विमान अड्किएपछि विमानस्थल साँझ ६ बजेसम्मका लागि बन्द गरिएको थियो ।
“रातभरीको प्रयासपछि विहान ३ बजे जहाज उठाएर पौने ९ बजे खाल्डोबाट निकाल्न सफल भयौँ ”–महानिर्देशक सुमनले भन्नुभयो ।
जहाज तान्न भारतका २५ जनाको विज्ञ टोली, नेपाली सेनाका ४०० जवान, विमानस्थलमा तैनाथ नेपाल प्रहरीका ३६० प्रहरी जवान तथा प्राधिकरण, धावनमार्ग विस्तार गरिरहेको ठेकेदार कम्पनीका सयजना र तीभन्दा बाहिरका सय जनाले २४ सै घन्टा काम गरेको र करिब २२ वटा उपकरण, सडक विभाग, काठमाडौँ उपत्यकाका ट्रक तथा सडक विभाग र रिङरोडका क्रेनसमेत तैनाथ राखिएको विमानस्थलले जनाएको छ ।
शुक्रबारै जहाजलाई ब्लाडरमार्फत उठाइएको भए पनि उचाइ कम हुँदा चक्का फेर्न र ग्राभेल रोल गर्न मिलेको थिएन । विमानको नोज गियर (अगाडिको चक्का) शुक्रबार नै ३० टनको ट्रेलरमा राखिसकिएको थियो ।
फलामको पाता र ग्राभेल राखेर बाटो मजबुत बनाइ जहाजलाई धावनमार्गमा ल्याइएको थियो । जहाजमा रहेको १७ टन इन्धन भने प्राविधिक कारणले ननिकालिएको महानिर्देशक सुमनले जानकारी दिनुभयो ।
अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा हजारौ यात्रु अलपत्र परेका छन् । काठमाडौँबाट विभिन्न मुलुक जाने र ती मुलुकबाट आउने यात्रुहरु अलपत्र अवस्थामा छन्
विमानस्थलमा दैनिक ४० वटा अन्तर्राष्ट्रिय उडान हुने र सोही सङ्ख्यामा अवतरण हुने हुँदा औषतमा दैनिक रु एक करोड बढी घाटा हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया