शुक्रबार, मंसिर १२ २०७७
काठमाडौं ०९:३३
वासिङटन डिसी 22:48

सङ्घीयता विषयमा सङ्घीय आयोग बनाउन सुझाव

इनेप्लिज २०७१ फागुन २३ गते ८:५३ मा प्रकाशित

15d67d99fd75712311d5b762a38bfc3dतुलसीपुर (दाङ), २३ फागुन । नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले असहमतिका विषयलाई अल्झाइराखेर संविधान नै अवरुद्ध गर्ने काम गर्न नहुने बताउनुभएको छ ।

प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सहमति नहुने विषयलाई अर्को कुनै उपायबाट टुङ्ग्याउने गरी संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयताको विषयलाई थाती राखेर सङ्घीय आयोग बनाउने र बाँकी विषयलाई टुङ्ग्याएर संविधान जारी गर्ने नेता विजयकुमार गच्छदारको प्रस्ताव सकारात्मक भएकाले त्यसलाई आधार बनाएर वार्ता गर्न सकिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया