बग्दादमा भीषण बम हमला, ३६ को मृत्यु, ९४ घाइते
बग्दाद, २४ माघ । इराकी राजधानी बग्दादमा शनिबार भीषण बम हमला भएको समाचार छ । सो हमलामा परी कम्तीमा पनि ३६ जनाको ज्यान गएको छ ।
बग्दादको प्रहरीले दिएको जानकारी अनुसार सो क्षेत्रमा भएको बम हमलामा परी अरु ९४ जना गम्भीर रुपमा घाइते भएका छन् ।
बग्दाद प्रहरीले उक्त क्षेत्रमा बम हमलाकारीले शनिबार एकैपकट दुई वटा बम विस्फोट गराएका थिए । सो बम आक्रमणमा परी घाइते भएका कयौं व्यक्तिको अवस्था गम्भीर रहेकोले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
बग्दादको दक्षिणपूर्वी क्षेत्रमा रहेको एक लोकप्रिय रेष्टुरेन्टमा शनिबार दिउसो एकजना आत्मघातीले आफ्नो शरीरमा बोकेको बम आक्रमण गराई कम्तीमा पनि ३० जनाको ज्यान लिएको हो ।
रेष्टुरेन्टमा कयौं व्यक्तिले खाना खाइरहेको मौकापारी सो हमला गरिएको बताइएको छ । प्राप्त समाचारअनुसार सो हमलामा परी ६६ जना अरु घाइते भएका छन् ।
त्यसैगरी बग्दादकै अल अरबी बजारमा अर्काे बम हमला भएको छ । सो बजारमा पनि एकजना आत्मघातीले सो बम हानेको थियो । त्यसमा परी छ जनाको ज्यान गएको छ ।
ब्यस्त बजारमा लगेर गराइएको सो आक्रमणमा २८ जना व्यक्ति घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।
उक्त हत्याको अहिलेसम्म कुनैपनि समूहले जिम्मेवारी लिएको छैन । तरपनि बग्दादमा हालैका केही समययता आइएसले यस्तो हमला गर्ने गरेकोले यसमा पनि सोही आतङ्ककारी समूहको हात रहेको अनुमान गरिएको छ ।
बग्दादका केही जिल्लमा विगतका वर्षहरुदेखि जारी रहेको रातिको समयको कफ्र्यू हटाउने तयार इराकी सरकारले गरिरहेको एकदिनअघि त्यहाँ यस्तो हमला भएको बताइएको छ ।
पछिल्लो समयमा इराकमा पनि इस्लामिक स्टेट, आइएसले आक्रमण गरी नागरिक हत्या गर्ने गरेको छ ।
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया