दुई दर्जन नेपालीको समेत बसोबास रहेको न्युयोर्कको भवनमा आगलागी ,
न्युयोर्क । झण्डै दुई दर्जन नेपालीहरुको समेत बसोबास रहेको न्युयोर्कको क्वीन्समा अवस्थीत लेफ्राक सिटी अपार्टमेन्टमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् । बुधबार राती नयाँ वर्ष सुरु हुनुभन्दा ठीक १५ मिनेट अगाडी राती ११ बजेर ४५ मिनेट जाँदा भएको आगलागीमा सोही भवनमा बस्दै आएका अमित शाहको अपार्टमेन्ट क्षतिग्रस्त भएको छ । शाह मिस नेपाल अमेरिकाका संस्थापक हुन् । ५७ औं एभिन्युमा रहेको ९६०२ लण्डन अपार्टमेन्टको नवौं तल्लामा भएको आगलागी एकसय जना भन्दा धेरै अग्नीनियन्त्रकहरुले नियन्त्रणमा लिएका छन् । अग्नीनियन्त्रकहरु आगलागी भएको अपार्टमेन्टमा पुग्दा ५९ वर्षका लुइस चाल्र्स, ३९ वर्षका नादिया डेनी र ६९ वर्षका नेपोलियन अचेत अवस्थामा रहेका थिए । उनीहरुलाई तत्काल अस्पतालमा लगिएपछि मृत घोषणा गरिएको थियो ।
आगलागी सुरु भएको नवौं तलाको अपार्टमेन्टको ठीक तलको अपार्टमेन्टमा बस्दै आएका अमित शाहको झ्याल ढोका फोरेर अग्नी नियन्त्रकहरुले आगो नियन्त्रणमा लिएका थिए । आफ्नो अपार्टमेन्ट अहिले पानीले भरिएको , झ्याल ढोका फोरिएको , धुवाले भरिएको अवस्थामा रहेको शाहले जानकारी दिएका छन् । शाहले भने – ‘अहिले कोठाहरु पूरै पानीले भरिएका छन् । भित्ता चर्किएका छन् । पानी चुहिएको छ । ’ आगलागी हुँदा शाह र उनको परिवार नजिकैको अर्को भवनमा नयाँ वर्ष मनाउनका लागि गएका थिए भने उनीसँगै बस्दै आएका एकजनालाई तुरुन्तै उद्दार गरिएको थियो । शाहले भने – ‘हामीलाई रातभर अपार्टमेन्टमा छिर्न दिइएन । विहान अपार्टमेन्टमा छिर्दा सबै अस्तव्यस्त रहेको छ । अपार्टमेन्ट क्षतीग्रस्त भएपनि हामी सुरक्षित छौं । भगवानलाई धन्यवाद । ’
आगलागी भएको भवनमा बस्दै आएका कैयनलाई राती नै म्यानहटनको सेल्टरमा लगिएको थियो भने केही कम्बल ओढेर रातभर बाहिर बसेका थिए । यो भवनका चारवटा अपार्टमेन्टमा नेपाली परिवारहरु बस्दै आएका छन् । अपार्टमेन्टमा बस्दै आएका सबै नेपालीहरु सुरक्षित रहेका छन् ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया