विपक्षी आन्दोलनमा गए समाप्त हुन्छन्ः मन्त्री बस्नेत
भक्तपुर, १७ माघ । उद्योग मन्त्री महेश बस्नेतले एनेकपा—माओवादीसहितको मोर्चा आन्दोलनमा गए उनीहरूको अस्तित्व समाप्त हुने बताउनुभएको छ ।
नेकपा—एमाले सूर्यविनायक नगर कमिटी कार्यालयको आज उद्घाटन गर्दै उहाँले विपक्षीले गर्ने आन्दोलन, हड्तालमा अब जनताले साथ नदिने भएकाले द्वन्द्वको सीमालाई विपक्षीले नघटाए उनीहरूको अस्तित्व समाप्त हुने बताउनुभयो ।
संविधानसभा प्रक्रियामा गइसकेकाले अब ढिलोमा तीन महिनाभित्र संविधान जारी हुने दाबी गर्दै मन्त्री बस्नेतले विपक्षी दलहरू एक मधेस एक प्रदेशको नाममा विदेशीबाट आएको पैसा खाएर मुलुकलाई टुक्रयाउन लागिपरेको आरोप लगाउनुभयो ।
मुलुकको प्रगति, समृृद्धि र लोकतन्त्रको नेतृत्व एमालेले गरिरहेको चर्चा गर्दै उहाँले एमालेलाई कमजोर नठान्न विपक्षीलाई आग्रहसमेत गर्नुभयो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले देशद्रोही र मुलुकको राष्ट्रियतामाथि आँच पु¥याउनेका विरुद्धमा नेतृत्व गर्दै आउनुभएकाले केही व्यक्तिले अध्यक्षको पुत्ला जलाउँदैमा त्यसले कुनै अर्थ नराख्ने पनि उहाँको भनाइ थियो ।
प्रथम महिला मेलानिया ट्रम्पले व्हाइट हाउस छोड्नेबेलामा दिईन बिदाइ सन्देश
न्यान्सी पेलोसीको कार्यालय अगाडी स्वयमको तस्बिर खिच्ने न्युयोर्कका एक बिधार्थी पक्राउ
ओरेगनको पोर्टल्याण्डमा १२ बर्षिय किशोरीले आफ्नो पितालाई छाती र पेटमा छुरा प्रहार
ट्रम्पका कट्टर समर्थक न्यु मेक्सिकोका सरकारी कर्मचारी सदन आक्रमणमा संलग्न भएकोमा पक्राउ
अमेरिकामा एकैदिनमा १ लाख ६९ हजार कोरोनाबाट सक्रमित,१ हजार ७ सयको मृत्यु
प्रतिक्रिया