मंगलबार, माघ १३ २०७७
काठमाडौं ०७:३९
वासिङटन डिसी 20:54

तपाइको सेवामा नेपाली भाषा

इनेप्लिज २०७१ पुष २३ गते १८:११ मा प्रकाशित
IMG_0307 (1)
के तपाईं अमेरीकामा आफ्नो नेपाली भाषामै विभिन्न सेवाको खोजीमा हुनहुन्छ ? तपाईंलाई अध्यागमन,सोसल सेक्युरिटी, अदालत,विद्यालय,अस्पताल वा अन्य अमेरिकी सरकारका निकायमा अनुवादक र दोभाषेको आवश्यकता परेको छ ? यसका लागि अब तपाईंले अलमलिनु पर्दैन | आफ्नै नेपाली मूलका दाजुभाईहरु अहिले यस्तो सेवाका लागि तयार भैसकेका छन् | त्यसैले तपाईं वा तपाईंका आफन्तलाई भाषाको समस्याले कुनै सेवा र सुविधा लिन वा कानुनी प्रक्रिया बुझ्न गाह्रो भइरहेको छ भने अब चिन्ता गर्नुपर्दैन,केवल एक कल फोन गरेर वा इमेल सम्पर्क मार्फ़त आफ्नै नेपाली भाषीहरूबाट यो सुविधा लिन सक्नुहुन्छ | यस्तै सेवा र सुविधाका लागि भाषामा दख्खल राख्ने अमेरिकाका विभिन्न शहरमा बस्ने युवाहरु संगठित भएर काम गर्न थालेका छन् |
भाषाको समस्या सबैभन्दा जटील समस्या हो, अझ अध्यागमन,स्वास्थ्य बीमा,इन्स्योरेन्स,क्रेडिट कार्ड,अस्पताल,सोसल सेक्युरिटी लगायतका क्षेत्रमा यस्तो समस्या निकै चुनौतीपूर्ण हुन्छ | भाषा बुझ्न सकिएन र त्यसको जवाफ सही ढंगले फर्काउन सकिएन भने कतिपय अवस्थामा अझ बढी समस्या आइलाग्छ | त्यसैले आफुलाई आत्मविश्वास छैन भने हीनताबोध नगर्नु होस। सेवा प्रदायकहरु छन् उनीहरुलाई फोन गरेर आफुले लिन चाहेको सेवा लिनुहोस | कतिपय सरकारी कार्यालयहरुमा त अनुवादक र दोभाषे सरकारले नि:शुल्क रुपमा नै व्यवस्था गरिदिएको हुन्छ | यस्तो सुविधा नभएको ठाउँमा आफैं सेवा प्रदायक लिएर जानु पर्ने हुन्छ | यस्तै सहयोग प्रदान गर्न अब नेपाली भाषा सेवा नामबाट व्यवसायिक सेवा नै सुरु भएको छ | त्यसैले अध्यागमन,अदालत, अस्पताल,विद्यालय,सोसल सेक्युरिटीलगायत अन्य कुनै पनि निकायमा दोभाषेको आवश्यक पर्ने भए,अनुवादकको जरुरी भए वा कुनै कागजातको सही ढंगले अनुवाद गर्नु पर्ने भए तपाईं नेपाली ल्यांग्वेज सर्भिसेज (नेपाली भाषा सेवा Nepali Language Services ) लाई सम्झनुस् | अनुभवी,दक्ष र पेशागत रुपमा काम गर्दै आएका नेपाली मूलका यी उत्साही युवाहरुले सबैखाले सेवा प्रदान गर्दैआएकाछन् |
कानुनी,व्यवहारिक र अन्य क्षेत्रमा भाषाको समस्याका कारण सेवाग्राहीले पनि वन्चित हुन नपरोस् भन्ने उद्देश्यले दोभाषे,अनुवादक,सहजकर्ता भएर व्यवसायिक सेवा प्रदान गर्न आफुहरुले नेपाली भाषा सेवा सुरु गरेको यसका संस्थापक मध्ये एक भर्जिनियाका कृष्ण शर्माले जानकारी दिए | यस्तो सेवा अमेरिकाभर नै प्रदान गर्न सकिने र फोनमार्फत पनि आफुहरुले सेवा प्रदान गर्ने समेत शर्माले जानकारी दिए ।
नेपाली ल्यांग्वेज सर्भिसेजले नोटरी पब्लिक,सबैखाले अनुवाद र अडियो,भिडियो वा मिडियासंग सम्बन्धित अन्य सेवा पनि प्रदान गर्दछ |
 यसका लागि इमेल मार्फत सम्पर्क गर्ने ठेगाना हो:
[email protected]com

प्रतिक्रिया