एनआरएनए घानाको प्रथम स्थापना दिवस सम्पन्न |
आक्रा ,घाना
गैर आबशिय नेपाली संघ ,घानाको प्रथम स्थापना दिवशको अबसरमा घानाको पराम पराम बिचमा आयोजित एक बिशेष कार्यक्रममा घानामा गत जुन देखि बिनाकारण अचानक स्थगित श्रम स्वीकृतिलाई सुचारु गर्न एनआरएनए घानाले नेपाल सरकार संग माग गरेको छ |
जसले गर्दा घानामा काम गर्न आउने दक्ष्य नेपालीहरु अप्ठ्यारोमा परेका छन् | घानामा इन्जिनीयर ,डाक्टर ,सेफ ,एकाउनटेट , कृषि बिज्ञ लगायत सय भन्दा बढी नेपालीहरु कार्यरत छन् | घाना अफ्रिकामै श्रमका लागि सुरक्षित . शान्त र राम्रो तलब सुबिधा दिने मुलुकमा रहेको छ |
कार्यक्रममा एनआरएनएका अफ्रीका क्षेत्रिय संयोजक हिक्मत थापाले एनआरएनए घानाले आफ्नो स्थापनाको एक वर्ष भित्र उदाहरणीय कार्य गरेको भन्दै , सुनकोशी बाढीले क्षतिग्रस्त बनसाघु माबि ,जिरे ,सिन्धुपाल्चोक र काठमाडौँ स्थित अपाङ्गहरुका लागि संचालित बिशेस स्कुल तथा पनर्स्थापना केन्द्रलाइ गरेको सहयोग अनुपम रहेको बताउनु भयो |
उक्त अबसरमा एनआरएनए घानाका अध्क्षय डा. हरिकृष्ण बाँस्कोटाले एनआरएनएले घानाको श्रम स्वीकृतिका लागि नेपाल सरकार संग पहल गर्नु पर्ने बताउनु भयो | कार्यक्रममा एनआरएनए आइसीसी सदस्य मन थापा एनआरएनए घानाका उपाधक्ष्य मिन मगर ,कोषाधक्ष्य कपिल खराल ,महिला संयोजक प्रियमबद़ा जोशी ,सदस्यहरु गगन थापा ,जगनाथ पाठक ,प्रमोद गौतम लगायतले बोल्नु भएको थियो |
स्थापना दिवशको उक्त भेलाले एनआरएनए केन्द्रिय भवनका लागि आर्थिक सहयोग जुटाउने , कर्णाली अन्चलका दुर्गम जिल्लाका गरिब विद्यार्थीका शिक्षा सहयोगका लागि कोष स्थापना गर्ने , घानामा नेपालको पर्यटक प्रबर्धन गर्ने लगायतका प्रस्ताबहरु समेत पारित गरेको छ |
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
काठमाडौको प्रदुषण र जाम हटाउन चीनबाट केही सुझाबहरु
भर्जिनियाको सडक दुर्घटनामा एक नेपालीको दुखद निधन
एन्काको नया बर्ष र साधारण सभा सम्पन्न
भर्जिनीयामा एनआरएनए अध्यक्ष पदका उमेदवार बुद्धीसागर सुबेदी र समुहसंग अन्तरक्रिया कार्यक्रम हुने
नेपाली समुदायद्वारा सिटी काउन्सिल डिस्ट्रिक्ट २५ का उम्मेदवार यि (एन्डी )चेनका लागि समर्थन कार्यक्रम सम्पन्न
जर्ज फ्लोयडले न्याय पाएकोमा सभामुख न्यान्सी पेलोसीद्वारा हर्ष व्यक्त
न्याकद्वारा राम नवमीमा पूजा अर्चना र भजनकीर्तन गरिंदै
प्रतिक्रिया