आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २१:५४
वासिङटन डिसी 12:09

एनआरएनका कम्पनीहरु छानविनको घेरामा

इनेप्लिज २०७१ पुष ११ गते ८:३० मा प्रकाशित

nrn logo

 

आन्तरिक राजस्व विभागले एक गैरआवासीय नेपाली (एनआरएन)ले सञ्चालन गरेका विभिन्न आठवटा कम्पनीले कर छली गरेको आशङ्कामा अनुसन्धान थालेको छ ।

अर्थमन्त्रालयमा स्थापना भएको गुनासो सुनुवाइ कक्ष ‘बिगुल’मा परेको उजुरीका आधारमा अर्थमन्त्रालयले विभागलाई छानबिन गर्न निर्देशन दिएलगत्तै छानबिन सुरु गरिएको विभागले जनाएको छ । अनुसन्धानमा रहेका ती व्यक्तिलाई नेपाल बोलाएर सञ्चालन गरेका फर्मका बारेमा जानकारी लिन लागिएको हो ।

 

प्रतिक्रिया