ट्रम्पद्वारा समर्थित सेराह पेलिन अलास्काको बिशेष चुनावमा पराजित ,डेमोक्र्याट म्यारी पेल्टोलाले बाजी मारिन

इनेप्लिज २०७९ मंसिर ८ गते २:४६ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित पूर्व उप राष्ट्रपतिकी उम्मेदवार समेत रहेकी चर्चित नेता तथा अलास्काकी पूर्व गभर्नर समेत रहेकी सेराह पेलिन अलास्काको बिशेष चुनावमा पराजित भएकी छिन । उनले यो बिशेष चुनावमा समेत पराजित भोग्नु परेको छ ।

उनलाई डेमोक्र्याटकी म्यारी पेल्टोलाले हराएकी छिन । पेलिन चर्चित र प्रसिद्ध व्यक्तित्व हुनुको साथै ट्रम्पको पूर्ण समर्थन समेत रहेको थियो ।

पेल्टोलाको अनुमानित जितसँगै रिपब्लिकन नियन्त्रित सदनमा डेमोक्र्याटको २१३ स्थान हुनेछ । उनको बिजयी घोषणा हुनासाथ लगभग आधा शताब्दी पछि चुनावमा रिपब्लिकनलाई झट्का दिएकी छिन ।

अलास्का मूल निवासी भै अमेरिकी कांग्रेसमा जाने उनि प्रथम जननेता हुन् । अलास्कामा अमेरिकी तल्लो सदन प्रतिनिधि सभा सदस्यको लागि एक मात्र स्थान को दौडमा चार जना उम्मेदवार थिए।

निर्वाचन बिभागका अनुसार पेल्टोलाले तेस्रो चरणमा ट्रम्प समर्थित उम्मेदवार र पूर्व गभर्नर र २००८ रिपब्लिकन उप-राष्ट्रपति उम्मेदवार सेराह पेलिन लाई पराजित गर्दै विजयी भएकी छिन ।

अलास्काको निर्वाचन प्रणाली अनुसार अन्तिम सारणीकरण (तालिका)मा पेल्टोलाले पुन: बाँडफाँड पछि १ लाख ३६ हजार ८९३ मत प्राप्त गरेकी छिन भने पेलिनले १ लाख २९ हजार ४३३ मत प्राप्त गरिन भनि सिबिएसन्यूजले समाचार लेखेको छ ।

यो मत संगै उनको हार भएको छ भने ट्रम्पलाई ठूलो धक्का लागेको छ ।

पेल्टोलाले बुधबार राती सामाजिक संजाल ट्वीट गर्दै “हामीले गर्यौं !!” भनि खुशी व्यक्त गरेकी छिन ।

प्रतिक्रिया