पुटिनद्वारा युक्रेनी क्षेत्रहरुलाई गैरकानूनी रूपमा कब्जा गर्ने घोषणा , उनीहरु रुसी नागरिक बन्ने वाचा

इनेप्लिज २०७९ असोज १४ गते १४:०९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी क्षेत्रहरूलाई गैरकानूनी रूपमा कब्जा गर्ने घोषणा गरेका छन । साथै उन्ले त्यहाका मानिसहरूलाई ‘सदाका लागि’ रूसी नागरिक बन्ने वाचा गरे । 

रुसले  अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन गर्दै युक्रेनको झण्डै पाँचौं भागलाई गाभेर त्यहाँ बसोबास गर्ने लाखौं मानिसहरूलाई “सदाका लागि” रूसी नागरिकमा परिणत गर्ने राष्ट्रपति पुटिनले शुक्रबार बताएका छन्।

एक पटक प्रक्रिया आधिकारिक रूपमा पूरा भएपछि, मस्कोले चार युक्रेनी क्षेत्रहरूलाई रुसी क्षेत्रको रूपमा मान्यता दिनेछ । जस्मा लुहान्सक र डोनेस्क क्षेत्रहरु पर्दछन ।साथै खेरसन र जापोरिझिया दक्षिणी दुई क्षेत्रहरू पनि गाभेको छ । 

 युक्रेनमा आक्रमण सुरु भएको केही समयपछि रुसी सेनाले उक्त क्षेत्रहरु कव्जा गरेको थियो।

प्रतिक्रिया