भर्जिनियामा मंगोलियन हर्टका राजु लामाको प्रस्तुति हुने

इनेप्लिज २०७९ असोज १३ गते १:०१ मा प्रकाशित

अमेरिकाको डिसी महानर क्षेत्रमा मंगोलियन हर्टका राजु लामाको कार्यक्रम हुने भएको छ । डिसी क्षेत्रमा स्थापित तामाङ्ग सोसाइटी अफ ग्रेटर वाशिंगटनको आयोजनामा मेरो नेपाल नामक चर्चित गीतका गायक राजु लामाको कार्यक्रम आयोजना गरिन लागेको आयोजकले ईनेप्लिजलाई बताएका छन् ।

आगामी अक्टोबर २१ ,२०२२ शुक्रबारका दिन डिसी भर्जिनिया राज्यको मनासस शहर स्थित सल्सबरी सेन्टरमा हुने भएको छ । साथमा एन्जल्स ब्याण्ड ,पिएमएसटी ,रजल लामा ,प्रनिमा आचार्य लगायतको प्रस्तुत हुनेछ । तर मुख्य आकर्षणका केन्द्र नै मंगोलियनका राजु लामा रहने छन् ।

टिकट दर सेप्टेम्बर ३० ,२०२२ सम्म लिएमा ४० डलर राखिएको छ भने त्यसपछि ५० डलर तिर्नु पर्नेछ । कार्यक्रमको ढोका ६:३० बजे खोलिनेछ भने ८ बजे सांगीतिक कार्यक्रम प्रारम्भ हुने आयोजकले ईनेप्लिजलाई बताए ।

साथै १०० डलरको टिकट खरिदमा कलाकारहरुसंग भेटघाट तथा अन्य अतिरिक्त केही प्राप्त गर्न सकिने छ ।

कार्यक्रम स्थलको ठेगाना 8890 Mathis Ave, Manassas, VA 20110 रहेको छ । टिकट या अन्य कुराको जानकारी लिन यहाहरुले (240) 246-4163 , (703) 388-8254(240) 401-4226 तथा (443) 600-0580 संख्यामा सम्पर्क गर्न सक्नु हुनेछ । कार्यक्रम प्रस्तोता सरोज केसी रहने भएका छन् ।

प्रतिक्रिया