मेरिल्याण्डका प्रतिभाशाली टेनिस खेलाडी टियाफो अमेरिकी खुला टेनिस प्रतियोगिताको सेमीफाइनलमा पुगे

इनेप्लिज २०७९ भदौ २३ गते ११:२३ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यका होनहार तथा प्रतिभाशाली टेनिस खेलाडी फ्रान्सिस टियाफोले अमेरिकी खुला टेनिस प्रतियोगिता(युएस ओपन )को सेमी फाइनल(अर्ध अन्तिम चरण)मा प्रवेश गरेका छन् ।

गत सोमबार २२ बाईस पटकका ग्रान्डस्लाम बिजेता राफेल नाडाललाई आश्चर्यजनक हराउदै उदाउदो टेनिस खेलाडी अमेरिकी खुला टेनिस प्रतियोगिताको चौथो राउन्डमा प्रवेश गरेका थिए ।

टियाफोले गत बुधवार ७-६, ७-६ ६-४ को सोझो ३ खेलमा एन्ड्री रुबलेभलाई हराएर सेमिफाइनलमा पुग्न सफल भएका छन् । उनले आफ्नो टेनिस खेल पेशामा उत्कृष्ट प्रदर्शन र नतिजाको अभिलेख राखेका छन् ।

आर्थर आश रंगशालामा उपस्थित भीड टियाफोको खेल प्रस्तुतिमा हर्षित भएका थिए । सन् १९७२ मा आश रंगशालाको युएस ओपनको सेमिफाइनलमा पुग्ने पहिलो अश्वेत अमेरिकी खेलाडी बनेका छन ।

विश्व शीर्षका ११ औ खेलाडी टियाफोको अगाडी टिक्न सकेनन ।

“मलाई यस टेनिस मैदान घर जस्तो महसुस हुन्छ। यो टेनिस खेल मैदान अविश्वसनीय छ। तपाईहरुलाई थाहा छ म खेल्न चाहन्छु र यसलाई म उत्कृष्ट दिन चाहन्छु। म सधैं राम्रो टेनिस खेल्ने प्रयास गर्छु , “उनले खेल पछि एक अन्तर्वार्तामा भने।

२४ वर्षीय टियाफो सन् २००६ मा तत्कालीन २४ वर्षीय एन्डी रोडिक अन्तिम चरणमा पुगेपछि अमेरिकी खुल् टेनिस प्रतियोगिता (युएस ओपन)मा यतिसम्म पुग्ने सबैभन्दा कान्छो अमेरिकी खेलाडी हुन्।

उनि सानैमा सियरा लियोनबाट संयुक्त राज्य अमेरिकामा बसाइँ सरेका हुन् । र ,उनि मेरिल्याण्ड राज्यको हयातभिल्समा बसोबास गर्छन ।

प्रतिक्रिया