कोभिड बिरुद्धको खोप बनाउने फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित

इनेप्लिज २०७९ साउन ३१ गते २:०० मा प्रकाशित

 

फाईजरका प्रमुख कार्यकारी अधिकारी कोरोना सक्रमित भएका छन ।

कोभिड-१९ बाट कोरोना सक्रमित भएता पनि उनले हल्का लक्षणहरु मात्र अनुभूति भएको बताएका छन्  ।

अध्यक्ष र प्रमुख कार्यकारी अधिकारी (सीईओ)अल्बर्ट बोर्लाले सोमबार फाइजरको प्याक्सलोभिड चक्की खान थालेको बताए ।

साथै उनि एकान्तवासमा पनि बसेको जनाएका छन् ।

उनले कोभिड-१९ बिरुद्धका ४ वटा खोपहरु लिई सकेका छन् ।

प्रतिष्ठानले जारी गरेको संक्षिप्त विज्ञप्तिमा उनले छिट्टै निको हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया