ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन

इनेप्लिज २०७९ साउन २३ गते २३:४० मा प्रकाशित

 

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरेका छन् ।

फ्लोरिडा राज्यको पाम बीच शहर स्थित मार-ए-लागोमा एफबीआईको छापा पछि उनले भने ‘यी अध्याँरो समय हुन्’ ।

एफबीआईले सोमबार पूर्व राष्ट्रपति ट्रम्पको मार-ए-लागो रिसोर्ट( विश्रामस्थल)मा खोजी पुर्जी (वारेन्ट) कार्यान्वयन गरेको सिएनएनले लेखेको छ ।

ट्रम्पले सोमबार साँझ आफ्नो सामाजिक संजालमा एक एक वक्तब्यमा छापा मारेको पुष्टि गरे, आफ्नो “सुन्दर घर” “नाकाबन्दीमा” रहेको बताए।

ट्रम्पले एफबीआई गुप्तचरहरू मार-ए-लागोमा किन आएका थिए भन्ने बारे अस्वीकार गरे । तर पूर्व राष्ट्रपतिले छापा अघोषित थियो र उनले भने “उनीहरूले मेरो सुरक्षित पेटिका(सेफ)मा पनि प्रवेश गरे।”

छापा मार्दा ट्रम्प फ्लोरिडामा थिएनन्।

प्रतिक्रिया