एसोसिएट प्रेसले जनाए अनुसार अमेरिका इतिहासमै पहिलो पटक यति ठूलो स्वास्थ्य बीमा जालसाजी सरकारको फन्दामा परेका छन् ।
सॅघिय तथा राज्य अभियोजकहरूले ३२० जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गरेका छन्, जसमा १५ विलियन डलरभन्दा बढीको नक्कली दाबी समावेश गरिएको छ।
अमेरिकी न्याय विभाग का अनुसार यो हालसम्मकै सबैभन्दा ठूलो समन्वित कारबाही हो।
अभियोजनकर्ताहरूले २४५ मिलियन डलरभन्दा बढीको नगद, बिलाशिता गाडीहरू, क्रिप्टोकरेन्सी( अॅकिय मूद्रा), र अन्य सम्पत्ति जफत गरेका छन्।
उनीहरूले चेतावनी दिँदै भने अन्तर्राष्ट्रिय अपराध समूहहरू ( रुस, पूर्विय युरोप , पाकिस्तान लगायतका देशहरूबाट) अमेरिकी स्वास्थ्य प्रणालीको दुरुपयोग गरिरहेका छन्।
न्याय विभागको आपराधिक शाखाका प्रमुख म्याथु गालियोटीले भने, “यी अपराधीहरूले केवल सरकारको होइन, तपाईहरुको पैसा चोरेका हुन्। अमेरिकी नागरिकहरूको मेहनत र करबाट सञ्चालित प्रणालीमाथि यिनीहरूले ठगी गरेका हुन्।”
यो कारबाहीमा २५ चिकित्सकसहित लगभग १०० चिकित्सा पेशेवरहरू विरुद्ध मुद्दा दायर गरिएको छ। जुन ९ पछिदेखि करिब १९० संघीय मुद्दा र ९० भन्दा बढी राज्य मुद्दाहरू सार्वजनिक भइसकेका छन्।
यस ठगीबाट २.९ बिलियन (अर्ब )डलरको प्रत्यक्ष क्षति भएको सरकारको प्रतिवेदन(रिपोर्ट)मा उल्लेख गरिएको छ।
प्रतिक्रिया