आइतबार, असार १२ २०७९
काठमाडौं २३:२६
वासिङटन डिसी 13:41

अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा

इनेप्लिज २०७९ जेठ १० गते १:४१ मा प्रकाशित

युक्रेन बैठकपछि २० देशले  नयाँ सुरक्षा सहायता संपुष्टि (प्याकेज)हरू घोषणा गरेको अमेरिकी रक्षा सचिव लोयड अस्टिनले बताए ।

डेनमार्कले “युक्रेनलाई आफ्नो तटको रक्षा गर्न मद्दत गर्न युक्रेनलाई हार्पुन प्रक्षेपक र प्रक्षेप्यास्त्रहरू उपलब्ध गराउन सहमत भएको छ,” अमेरिकी रक्षा सचिव लोयड अस्टिनले सोमबार अस्टिनले आयोजना गरेको दोस्रो युक्रेन सम्पर्क समूहको बैठकको समापनमा भने।

चेक गणतन्त्रले युक्रेनलाई “आक्रमण उदग्रबिमान (हेलिकप्टर), बख्तरबन्द र प्रक्षेपास्र प्रणालीको साथै हालै प्रदान गरेको हतियार सहित” “पर्याप्त सहयोग” पठाउन पनि सहमत भएको छ, अस्टिनले बैठकको समापनमा पत्रकार सम्मेलनमा भने। समग्रमा २० देशहरूले “नयाँ सुरक्षा सहायता सम्पुष्टि( प्याकेज)हरू घोषणा गरेका छन् ।

“गम्भीर रूपमा आवश्यक पर्ने तोपखाना गोलाबारुद, तटीय रक्षा प्रणाली र बख्तरबन्द (ट्याङ्क)हरू र अन्य सशस्त्र सवारी साधनहरू दान गर्ने सहित घोषणा गरेको उनले बताए । अरू युक्रेनको सेनालाई तालिम दिन र यसको सैन्य प्रणालीलाई दिगो बनाउन नयाँ प्रतिबद्धताका साथ अगाडि आएको जानकारी दिए ।

सम्पर्क समूहको दोस्रो बैठकमा जम्मा ४७ देशले भाग लिएको सयुक्त कर्मचारीका प्रमुख जनरल मार्क मिलिले बताए।  अस्टिनले जुन १५ मा ब्रसेल्समा व्यक्तिगत रूपमा युक्रेन सम्पर्क समूहको तेस्रो बैठकको आयोजना गर्नेछन ।

प्रतिक्रिया