शिकागोमा विद्यार्थीले ल्याएको झोलामा भरुवा बन्दुक आकस्मिक चल्दा एक बिधार्थीको पेटमा गोली लागे पछि आमा बिरुद्ध अभियोग
अमेरिकाको इलोनोइज राज्यको प्रख्यात शहर शिकागोका एक बिधार्थीले पछाडी भिर्ने झोलामा भरुवा बन्दुक ल्याए पछि उनको आमा बिरुद्ध अभियोग चलाईएको छ ।
विद्यार्थीले ल्याएको ब्याकप्याक(पछाडी भिर्ने झोला)बाट हतियार अकस्मात गोली चले पछि बच्चाहरुलाई खतरामा पार्ने आरोपको सामना गर्नु परेको प्रहरीले जनाएका छन् ।
शिकागो प्रहरी विभागका अनुसार गत मंगलबार बिहान १० बजेभन्दा केही समय अगाडि शहरको उत्तरी छेउमा रहेको वाल्ट डिज्नी म्याग्नेट स्कूल(बिद्यालय) मा उक्त घटना भएको हो।
“कक्षा कोठा भित्र हुँदा हतियार संयोगवश झोलाबाट निस्कियो, गोली भुइँमा प्रहार भै गोली फर्किएर उनका एक साथीको पेटमा लागेको विभागले एक विज्ञप्तिमा भन्यो।सहपाठीलाई स्थानीय अस्पतालमा लगिएको विभागले बताएको छ । संलग्न विद्यार्थीहरूको उमेरबारे जानकारी दिइएको छैन।
घटना पछि २८ वर्षीया टाटानिना केलीलाई बाल खतरामा पर्ने तीनवटा अपराधको आरोप लगाइएको प्रहरीले बताए ।
केली बुधवार अदालतमा उपस्थित भईन भने न्यायधिशले उनलाई १० हजार डलरको प्रतिज्ञापत्र (बण्ड )बुझाउन आदेश दिएको समाचार एबिसीन्यूजले समाचार लेखेको छ ।
अमेरिकाको वासिङ्टन राज्यको टकोमा शहरमा आयोजित नृत्य समारोह कम्तीमा ८ जनालाई गोली प्रहार
अमेरिकाको सान फ्रान्सिस्कोमा प्रथम कुकुर उत्सव मनाइने
बाल्टिमोरको बानाले दोश्रो अन्तरराज्य भलिवल प्रतियोगिता -२०२२ आयोजना गर्ने घोषणा
अमेरिकाको इलिनोइस राज्यको एक भवनमा ३ जनालाई गोली प्रहार ,बन्दुकधारी अझै फरार
बाइडेन युरोपमा हुने शिखर सम्मेलनको लागि एक हप्ताको लागि प्रस्थान
प्रतिक्रिया