भर्जिनियाका गभर्नरले पाठशालामा मुखावरण आदेश समाप्त गरेको घोषणा गरे पछि अभिभावकद्वारा मुद्दा
अमेरिकामा दैनिक ७ लाख कोरोनाबाट संक्रमित र दैनिक औसतमा १५ सय मृत्यु भै रहदा मुखावरण समाप्त
भर्जिनियाका गभर्नरले पाठशालामा मुखावरण आदेश समाप्त गरेको घोषणा गरे पछि अभिभावकहरु मुद्दा दायर गरेका छन् । भर्जिनियाका अभिभावकहरूले सरकारी विद्यालयहरूमा मुखावरण आदेश (मास्क म्यान्डेट) समाप्त गर्ने कार्यकारी आदेश दिए पछि गभर्नर ग्लेन यंगकिन विरुद्ध मुद्दा दायर गरेका हुन् ।
आश्चर्यको कुरा अमेरिकामा दैनिक ७ लाख कोरोनाबाट संक्रमित र दैनिक औसतमा १५ सय मानिसहरुको ज्यान गइ रहेको समयमा कोरोनालाई पनि राजनीति गरि उक्त घोषणा गरे पछि आक्रोसित बिधार्थीहरुका अभिभावकले गभर्नर बिरुद्ध मुद्धा दायर गरेका हुन् । योङ्गकिन रिपब्लिकन हुन् भने पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक हुन् ।
भर्जिनियाको चेसापीकमा सार्वजनिक विद्यालयका विद्यार्थीहरूको अभिभावकहरूको एउटा समूहले भर्जिनियाको सर्वोच्च अदालतलाई रिपब्लिकन गभर्नर ग्लेन यंगकिनले जारी गरेको नयाँ कार्यकारी आदेशलाई रोक्न माग गर्दै मंगलबार मुद्दा दायर गरेको छ जसले राज्यका सार्वजनिक विद्यालयहरूमा बच्चाहरूलाई मुखावरण (मास्क) स्वैच्छिक बनाउँदछ।
रोग नियन्त्रण र रोकथाम केन्द्र (सिडिसी )का मार्गनिर्देशन अनुसार तथा गत बर्ष भर्जिनियाको सभाद्वारा संक्रमण कम गर्न बिद्यालयहरुमा मुखावरण लगाउन समेत सिफारिस गरिएको थियो ।
योङ्गकिनले गत शनिबार जारी गरेको कार्यकारी आदेश त्यो कानूनसँग “प्रत्यक्ष द्वन्द्व” बाझिएको छ भनि मुद्धामा उल्लेख गरिएको छ ।
यसैले भर्जिनियाको संविधानको शक्ति पृथकीकरणको प्रावधानको खण्डन गर्दछ। मुद्दामा प्रतिवादीको रूपमा कार्यवाहक राज्य स्वास्थ्य आयुक्त, भर्जिनियाको सार्वजनिक विद्यालयका लागि कार्यवाहक अधिक्षक (सुपरिटेन्डेन्ट) र चेसापीकका स्थानीय बिद्यालय अधिकारीहरू पनि छन भनि सिएनएनले समाचार लेखेको छ ।
योङ्गकिनका प्रवक्ता म्याकाले पोर्टरले भने, “हामी आफ्नो बच्चाको पालनपोषण, शिक्षा र हेरचाहको सन्दर्भमा निर्णय गर्ने अभिभावकको मौलिक अधिकारको रक्षा गर्न जारी राख्नेछौं।”
“आफ्नो बच्चालाई बिद्यालय दिनको अवधिमा मुखावरणलगाउनु पर्छ कि पर्दैन भनेर निर्णय गर्ने क्षमता अभिभावकहरूसँग हुनुपर्छ,” भनि अभिभावकहरुले आक्रोस व्यक्त गरेका छन् ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया