आइतबार, माघ ९ २०७८
काठमाडौं १२:५९
वासिङटन डिसी 02:14

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली महिला संगीता ढुंगानाको मष्तिस्क रक्तस्रावबाट निधन

इनेप्लिज २०७८ पुष २८ गते २३:५९ मा प्रकाशित

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै बिन्ति गरुन झुकेर पाउमा त्यो बिन्ति सुन्दैन त्यो…

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा सपरिवार साथ बस्दै आउनु भएकी संगीता ढुंगानाको मस्तिस्क रक्तस्रावबाट गत जनवरी ११ मंगलबारका दिन दिन साँझ निधन भएको छ ।

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई यो खबरले ज्यादै दुखित तुल्याएको छ । स्व संगीता ढुंगानाका पति प्रेम चन्द्र ढुंगानाले दुई दिन अगाडी मात्र चिकित्सा खर्चको सहयोगको लागि गोफन्डमी खोलेका थिए ।

दुई दिन अगाडी खोलिएको गो फन्डमा लक्ष्य ५० हजार डलर राखिएको थियो भने जनवरी १२ साँझ ६ बजे सम्म २० हजार डलर संकलन भै सकेको छ ।

पति प्रेम चन्द्र ढुंगानाका अनुसार स्व संगीता ढुंगानालाई नोभेम्बर ७ ,२०२१ देखि अस्पताल भर्ना गरिएको थियो । भर्जिनियाको आइनोभा फेयरफ्याक्स मेडिकल क्याम्पस (अस्पताल)को संघन कक्षमा भर्ना गरिएको थियो ।

दुखद घटना पछि आफन्त ,नातेदार र साथीभाई उहालाई चिन्नेहरुले सामाजिक संजाल मार्फत समवेदना दिने क्रम जारी रहेको छ । यसै गरि नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय संजाल (इन्जा)का अध्यक्ष गुणराज लुइँटेलले पनि समवेदना दिएका छन् ।

पत्रकार लुइँटेलका अनुसार घरकै भान्सामा अचानक लडेर मस्तिष्क रक्तश्राबको समस्या देखिए पछि करिव दुई महिना देखि अस्पतालमा संघर्ष गर्दै आउनु भएकी संगीता ढुंगानाले अब हामि बीच रहनु भएन । उहाले सबैलाई छोडेर जानु भएको छ ।

अमेरिकाको भर्जिनिया राज्यको स्टर्लिंग शहर निवासी ढुंगानाको नेपाल घर मोरंग उर्लाबारी हो । स्व ढुंगाना छोराछोरी र श्रीमान संग बस्नु हुन्थ्यो । स्व ढुंगानालाई २ महिनाको अवधिमा ४ पटक शल्य क्रिया गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा रक्त श्राब नरोकिएको कारण निधन भएको छ ।

ईनेप्लिज परिवारको तर्फबाट हार्दिक समवेदना तथा भावपूर्ण श्रद्धान्जली !

गोफन्डमा सहयोग गर्न यहाँ थिच्नु होस् :

https://www.gofundme.com/f/help-fund-sangita-dhunganas-medical-expenses?utm_campaign=p_cp+share-sheet&utm_medium=copy_link_all&utm_source=customer

 

प्रतिक्रिया