आइतबार, माघ ९ २०७८
काठमाडौं १५:२३
वासिङटन डिसी 04:38

जमेको काँध ( फ्रोजन सोल्डर ) को दुखाई : मेरो अनुभव

शशी के.सी २०७८ पुष १५ गते २३:१५ मा प्रकाशित

मान्छेको शरीर,कुनबेला के हुने पत्तै नहुने। तेस्तै भयो मलाई केही महिना अगाडी। खै कहिलेदेखि समस्या शुरू भयो पत्तैपाईन।एक्कासी देब्रे हात न माथि लग्न सक्ने न पछाडी नै लग्न सक्ने भयो। ( तस्वीरमा जस्तै) डाक्टरकोमा जचाउन जान पनि कोरोना भाईरसको महामारी चलिरहेकोबेला,कोरोना बिरूद्धको खोप पनि लगाई नसकेकोले जाने आंट नै आएन।होसघरमा नै व्यायाम गरेर आफै निको पार्छु भनेर गुगल,अनलाईनमा खोजेर केही व्यायाम गर्न थालें।तर केही सुधार भएन रदुख्न पनि कम नै भएन।

अगष्टको दोस्रो हप्ता,कोरोना बिरूद्धको दुबै डोज खोप लगाईसकेपछि आफ्नो सॅंधै जचाउने फ्यामिली डाक्टरकोमाजचाउन गएं।“ लौ बाथ पो हुन लाग्यो क्या हो भनेको “ ७-८ बर्षदेखि जांचिरहेको मलाई,तिम्रो बाथ रोग लाग्ने उमेरभएको छैन भनेर डाक्टर हांसे।हात तल,माथि गर्न लगाए।मैले सकिन धेरै माथि लग्न र पछाडी पनि।

तिम्रो कांध जमेको ( फ्रोजन सोल्डर ) रहेछ।फिजिकल थेरापी गर्नु ठिक हुन्छ भनेर रिफरेन्स लेखिदिए र अति नै दुखेमा,घरमा भएको,आफुले प्रयोग गरिरहने ( एसप्रिन, टाईनानोल ) कुनै दुखाई कम गर्ने औषधि खानु भने।अनि तातोपानीले सेक्दा पनि दुखाई कम हुन्छ भने।

निक्लने बेला एक पेज बिभिन्न थेरापी गर्ने ठाउॅंको ठेगाना दिए।अझ एपोईन्टमेन्ट पाउन गार्ह्रो छ है पनि भने।हो पनि रहेछ फोन गर्दा त।धेरै ठाउॅंमा त १५-२० दिन पछिमात्र मिल्छ भने।धन्न एक ठाउॅंमा एक हप्ता पछिको पाईयो।खासमा धेरैअमेरिकनले म जस्तै कोरोनाको डरले अत्यन्त आवश्यक नपरेसम्म डाक्टर जचाउने, फिजियो थेरापी आदी केही नगरीबसेका रहेछन्।दुबै डोज खोप लगाई सकेर ढुक्क भएपछि मात्र जचाउन जांदा जताततै बिरामीको चाप बढेकोलेएपोईन्टमेन्ट पाउन गार्र्हो भएको रहेछ।

“फ्रोजन सोल्डर” नामै गज्जब लागेर घर आएर फेसबुकमा शेयर गरेको त धेरै साथीहरूले आफु र आफ्नाहरूले “ यहीसमस्या “ भोगेको अनुभव पो लेख्नु भयो। कतिले मेसेन्जरमा बिभिन्न व्यायाम गर्ने तरीकाको भिडियो पठाईदिनु भयो।

के हो जमेको काधं ( फ्रोजन सोल्डर )?

हात यता उता,तल माथि कक्रक भएर चलाउन नसक्नु र चलाउन खोज्दा काधंको जोर्नी असाध्यै दुख्नुलाई जमेको काधंभनिन्छ।

गज्जब कुरा त काधं कसरी जम्छ भन्नै नसकिने रहेछ।हातलाई धैरै समय नचलाई रहॅंदा पनि जम्ने रहेछ।त्यस्तै ४० बर्ष कटेका मानिस अझ महिलालाई यस्तो समस्या धेरै हुने रहेछ।शरीरमा भिटामिन डीको कमी,बिभिन्न रोग डाईविटिज,बाथ,थाईरोइड,टि.बी,पार्कन्सस र हातमा चोटपटक लागेर भांचिएकोले लामो समय नचलाई बस्दा पनि काधंजम्न सक्छ।

उपचार : फिजिकल थेरापी

डाक्टरलाई जचाएको एक हप्तापछि फिजिकल थेरापी गर्न गएं।पहिलो दिन त बिभिन्न प्रश्न :कहिले देखि दुख्न शुरूभयो,के कस्तो व्यायाम र काम गर्छौ आदी सोधे।र हातलाई तल माथी,अगाडी,पछाडी लग्न लगाएअनि स्केलले जांचेर कति समय र कस्तो खालको थेरापी गर्नु पर्छ होला भन्ने बिचार गरे।मेरो अवस्था हेर्दा पहिलो एक महिना हप्ताको दुईपटक थेरापी गर्न जानु पर्ने देखियो।

तेहीदिन केही समय तातो व्यागले सेके।अनि पछाडी काधंको जोर्नी र काखी मुनि हल्का मालिस पनि गरे।केही व्यायाम पनि सिकाए र घरमा पनि व्यायाम के के गर्नु भनेर फोटो सहित लेखेको एक कागज दिए।

तेसपछि एक महिना हप्ताको दुई पटक थेरापी गर्न गएं।बिभिन्न किसिमको व्यायाम गरें।सबै भन्दा राम्रो कुरा चाहींथेरापिष्टको मालिस थियो।ओहो पछाडी काधंको जोर्नी र काखी मुनि मालिस गर्दा असाध्यै दुख्ने। बिस्तारै जमेको मसलमालिस गर्दै फुटाउॅंथे।आफुलाई थाहा पनि हुन्थ्यो कस्तो कडा भएर मसल जमेको रहेछ भन्ने।

दोस्रो महिना देखि हप्ताको एकपटक गएं।बिभिन्न किसिमको व्यायाम डोरी समातेर हात पछाडी,तलबाट माथि तान्ने,लामो प्लाष्टिकको रडमा सुतेर हात माथि लग्दै “स्नो एन्जल बनाउने “,डोरी अगाडी,पछाडी तान्दै जाने आदी व्यायाम रमसाज गर्दा तिन महिनामा हात दुख्न अनि पछाडी र तल माथि लग्न सक्ने भयो।

अन्त्यमा,यो मेरो अनुभव लेखेको हुं।तपाईंहरू पनि यस्तै दुखाईको समस्या भोगिरहनु भएको छ भने हेलचेक्रयाई नगर्नु।प्राय:हामी नेपाली अझ महिलाहरूको बानी दुखाई सहेर बस्ने हुन्छ।आफै निको होला भनेर सोच्छौं।

तर कहिलेकाहीं डाक्टरलाई नजचाई थाहा हुन्न समस्या कस्तो छ भने।समस्या धेरै नभए औषधी खाएर,घरमा नै व्यायामगरेर ठिक हुन्छ।अलिक मेरो जस्तै भए। फिजिकल थेरापीले ठिक हुन्छ।डाक्टरले फिजिकल थेरापी गर्नु भनेको छ भने पैसाको लोभ नगरी थेरापी गर्नु।थेरापिष्टहरू आफ्नो काममा जान्ने हुन्छन्। उनीहरूको सहयोगमा निको हुन्छ।अझै जटिलभए सुई लगाउनु पर्ने हुन्छ।सुई लगाएर ठिक नहुने रहेछ भने अपरेशन नै गर्नु पर्ने हुनसक्छ।धेरै दुख पाउनु भन्दा समयमा नैउपचार गरेको ठिक हो।

-शशी के.सी

प्रतिक्रिया