आइतबार, माघ ९ २०७८
काठमाडौं १४:१४
वासिङटन डिसी 03:29

२०२२ मा बेइजिङमा हुने हिउदे ओलम्पिकमा अमेरिकी कूटनीतिज्ञले बहिष्कार गर्ने ,तर खेलाडी पठाइने

इनेप्लिज २०७८ मंसिर २० गते २३:४१ मा प्रकाशित

ह्वाइट हाउसले सन् २०२२ मा बेइजिङमा हुने हिउदे ओलम्पिकको अमेरिकी कूटनीतिज्ञहरुले बहिष्कार गर्ने घोषणा गरेको छ ।

ह्वाइट हाउसका पत्रकार सचिव जेन साकीले सोमबार चीनको “सिनजियाङमा भइरहेको नरसंहार र मानवता विरुद्धको अपराध” विरुद्धको बयानको रूपमा बेइजिङमा हुने २०२२ को शीतकालीन (हिउदे )ओलम्पिकमा आधिकारिक अमेरिकी प्रतिनिधिमण्डललाई बाइडेन प्रशासनले नपठाउने बताइन ।

अमेरिकी खेलाडीहरूलाई अझै पनि ओलम्पिकमा प्रतिस्पर्धा गर्न अनुमति दिइनेछ, तर प्रशासनले खेलहरूमा सरकारी अधिकारीहरूलाई पठाउने छैन भनि सिएनएनले समाचार लेखेको छ ।

बेइजिङमा हुने पाराओलम्पिक खेलहरूमा पनि यही नीति लागू हुन्छ ।

ह्वाइट हाउसले “स्पष्ट सन्देश” पठाउन खोजिरहेको छ कि चीनमा मानव अधिकार उल्लङ्घनको अर्थ त्यहाँ “सामान्य रूपमा व्यापार हुन सक्दैन,” साकीले ह्वाइट हाउसको नियमित पत्रकार सम्मलेनमा उक्त कुरा पत्रकारहरूलाई भनिन ।

यस कदमले चीनको पश्चिमी क्षेत्र सिनजियाङमा विशेष गरी उइगर जनसंख्या र अन्य जातीय र धार्मिक अल्पसंख्यक समूहहरू विरुद्ध जबरजस्ती श्रम र मानवअधिकार उल्लङ्घनको आरोपमा चीनमाथि अमेरिकाले दबाब बढाएको संकेत गर्दछ ।

प्रतिक्रिया