आइतबार, माघ ९ २०७८
काठमाडौं १६:०१
वासिङटन डिसी 05:16

टेक्ससमा उपद्रव भएको ठाउँमा गएका प्रहरी अधिकारीको गोली हानाहान हुँदा मृत्यु

इनेप्लिज २०७८ मंसिर १९ गते ०:३८ मा प्रकाशित

टेक्ससमा अशान्ति र उपद्रव भएको ठाउँमा नियन्त्रण गर्न गएका एक प्रहरी अधिकारीको गोली लागेर मृत्यु भएको छ । टेक्सस राज्यको मेस्किटमा गोली हानाहान हुँदा उनको निधन भएको हो ।

गत शुक्रबार दिउँसो १:४० बजे अधिकारीहरूलाई एस बेल्टलाइन सडक स्थित १५०० घर समूह स्थित एउटा किराना पसल नजिकै गडबड भएकोले प्रहरीहरुलाई त्यहाँ पठाइएको थियो, प्रहरीले भने।

“अनुसन्धानको क्रममा, प्रहरी अधिकारीलाई गोली हानियो, र एक संदिग्ध पुरुषलाई पनि गोली हानियो।

दुबैजनालाई स्थानीय क्षेत्रीय अस्पतालमा लगिएको थियो, र अधिकारीलाई ज्यादै चोटपटकको कारण ज्यान गुमाएका थिए, मेस्किट प्रहरीले आफ्नो आधिकारिक सामाजिक संजाल (फेसबुक )पन्नामा प्रकाशित गरेका छन् ।

अधिकारीलाई दुई चोटि प्रहार गरिएको थियो, र संदिग्धलाई एक पटक प्रहार गरिएको थियो, मेस्किट प्रहरी प्रमुख डेभिड गिलले भने।

“यो हिंसाको मूर्खतापूर्ण कार्य हो जसले एक मायालु बुबा र पतिलाई आफ्नो परिवारबाट चुडेर लग्यो ,” प्रमुख गिलले आँसु झार्दै भने। “उनी मेस्किट प्रहरी विभागका २१ बर्ष सम्म काम गरेका अनुभवी थिए। उनि एक असल मानिस ,एक राम्रो साथी, एक राम्रो अधिकारी थिए ,उनले भने ।

सिएनएन सम्बद्ध डब्लुएफएएका अनुसार संदिग्धको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया