आइतबार, माघ ९ २०७८
काठमाडौं १४:३५
वासिङटन डिसी 03:50

टेक्ससको एक गिर्जाघरको पर्खालमा लुकाइएको नगद र धनादेश एक नलकार(प्लम्बर)ले फेला पारे

इनेप्लिज २०७८ मंसिर १८ गते २२:१४ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ह्युस्टनको एक चर्च (गिर्जाघर)को पर्खालमा लुकाइएको नगद र धनादेश(चेक) एक नलकार(प्लम्बर)ले फेला पारेका छन् । उक्त नलकारले जोल ओस्टिनको ह्युस्टन चर्च(गिर्जाघर)मा फेला पारेका हुन् ।

पादरी जोल ओस्टिनको लेकवुड स्थित गिर्जाघर(चर्च)मा मर्मतको काम गरिरहेका एक प्लम्बर(नलकार )ले पर्खालमा लुकाइएका सयौं नगद र चेकहरू फेला पारे जुन ह्युस्टन मेगा-चर्चमा सन् २०१४ मा भएको ठूलो चोरीसँग जोडिएको प्रहरीहरुले शंका गरेका छन् ।

ह्युस्टन प्रहरी विभागको एक विज्ञप्ति अनुसार खोजको अनुसन्धान गर्न अधिकारीहरूलाई नोभेम्बर १० मा उक्त गिर्जाघरमा बोलाइएको थियो। उक्त नलकारले शौचालय मर्मत गर्ने क्रम पछि खपडा बिछ्याउने क्रममा खाम सहित नगद भेटेका थिए । उक्त गिर्जाघरले तुरुन्त ह्युस्टन प्रहरी विभागलाई खबर गरेको थियो ।

“चर्चका सदस्यहरूले भवन मर्मतसम्भार परियोजनाको क्रममा ठूलो रकम नगद ,धनादेश (चेक )सहित पर्खाल भित्र फेला परेको थियो,” विज्ञप्तिमा भनिएको छ।

बरामद धनादेशबाट प्राप्त प्रमाणले ती खामहरू २०१४ मार्च ९ गिर्जाघरबाट अज्ञात रकम चोरीसँग जोडिएको प्रहरीहरुले जनाएका छन ।

सिएनएनले त्यतिबेला लगभग ६ लाख सम्म नगद र ४ लाख बराबरको चेक एक चर्चमा फेला पारेको समाचारमा लेखेको थियो भनि जनाएको छ । त्यो रकम २०१४ को मार्च ८ र ९ मा कसैले प्रदान गरेका थिए भनि समेत सिएनएनले उल्लेख गरेको छ ।

चोरी र डकैतको लागि हेर्ने प्रहरी अधिकारीहरूले बरामद पैसा चर्चमा छोडेका थिए किनभने रकम गिर्जाघरको परिसरमा फेला परेको सम्पत्ति थियो, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया