आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:२२
वासिङटन डिसी 08:37

बाइडेनको मलाशयबाट पोलिपस नामक कोशीका झुप्पा(डल्लो)हटाईयो

इनेप्लिज २०७८ मंसिर ९ गते १६:२२ मा प्रकाशित

गत हप्ता राष्ट्रपति जो बाइडेनको मलाशय (कोलोन)बाट पोलिप नामक डल्लो (कोशीका झुप्पा )हटाइएको उनका चिकित्सकले जनाएका छन् । उक्त पोलिपस नामक डल्लो ढिलो वृद्धि हुने तर सम्भावित रूपमा पूर्व-क्यान्सर(अवुर्द )को घाउ थियो ।

जसलाई कुनै थप कार्य आवश्यक पर्दैन, उनको चिकित्सकले नियमित जाँच गर्दा आफ्नो टिप्पणीमा उक्त कुरा भने।

उनका निजी चिकित्सकका अनुसार त्यस्तै खालको एक नलिदार अर्बुद-ग्रंथि-( ट्यूबलर एडेनोमा)२००८ मा हटाइएको जस्तै थियो । राष्ट्रपतिका चिकित्सक डा. केभिन सी. ओ’कोनरले ह्वाइट हाउसले बुधबार जारी गरेको ज्ञापनमा लेखे।

सामान्यतया ७ देखि १० वर्षमा अर्को कोलोनोस्कोपीको गर्नु पर्ने हुनाले राष्ट्रपति बाइडेनलाई सिफारिस गरिएको थियो, उनले लेखे। “कोलोन क्यान्सर(मलाशय अवुर्द )को लागि उत्तम रोकथाम भनेको पोलिप्सको नियमित जाँच र हटाउनु हो,” भनि मायो क्लिनिकले सल्लाह दिन्छ भनि एनबिसी वाशिंगटनले समाचार लेखेको छ ।

बाइडेन जो गत हप्ता ७९ वर्ष पुगेका थिए र अमेरिकाको सबैभन्दा वृद्ध राष्ट्रपति हुन ।

 

प्रतिक्रिया