आइतबार, मंसिर १९ २०७८
काठमाडौं १९:५३
वासिङटन डिसी 09:08

अमेरिकाको आइडाहोको एक बिशालबजारमा गोलीकाण्ड हुँदा एक प्रहरी सहित ६ जनालाई गोली प्रहार

इनेप्लिज २०७८ कार्तिक ८ गते २२:१५ मा प्रकाशित

अमेरिकाको आइडाहोको एक बिशालबजारमा गोलीकाण्ड हुँदा एक प्रहरी सहित ६ जनालाई गोली प्रहार भएको प्रहरीले जनाएका छन् ।

आइडाहो राज्यको ब्वाईजी टाउन स्क्वार नामक बिशालबजारमा उक्त घटना भएको हो ।

प्रहरीका अनुसार ५ जना मानिस र एक प्रहरी अधिकारी घाइते भएका बताएका छन् ।

ब्वाईजी प्रहरी बिभागका अनुसार अनुसन्धान भै रहेको छ भने प्रहरीले सानो बिशाल बजार खाली गरि रहेका छन् ।

प्रहरीले एक जनालाई हिरासतमा लिएको बताएको छ । प्रहरीले सामाजिक संजाल ट्वीटर मार्फत जानकारी गराएका हुन् भने घटना बारेमा उनीहरुले अलिक समय लाग्ने जनाएका छन् ।

प्रहरीले अन्य कुनै सूचना नभएको र अझ पनि त्यहाँ खतरा भएको जनाएका छन् । स्थानीय पत्रिका तथा रेडियो ब्वाइजीस्टेटपब्लिकरेडियोले उक्त जानकारी गरेको छ।

प्रतिक्रिया