आइतबार, मंसिर १९ २०७८
काठमाडौं २०:१०
वासिङटन डिसी 09:25

अमेरिकी सदनका प्रहरीलाई जनवरी ६ को आक्रमणसंग सम्बन्धित बाधा गरेकोमा आरोप सहित गिरफ्तार

शुक्रबार दिउँसो अदालतमा उपस्थित भए

इनेप्लिज २०७८ असोज ३० गते ०:५६ मा प्रकाशित

 

अमेरिकी सदन(युएस क्यापिटल )का प्रहरी अधिकारीलाई जनवरी ६ को आक्रमणसंग सम्बन्धित बिषयमा बाधा अड्चन गरेकोमा उनीलाई आरोप सहित गिरफ्तार गरिएको छ ।

अक्टोबर १५ शुक्रबारका दिन दिउँसो उनि अदालतमा उपस्थित भएका थिए ।

उनलाई न्यायको अवरोधको आरोप लगाईएको छ । उनले जनवरी ६ को दंगाका कथित सहभागीलाई सामाजिक सञ्जालमा पोस्ट (प्रकाशित )गरेका सामग्री मेटाउन प्रोत्साहित गरेका थिए भनि आरोप छ ।

माइकल रिले नामका प्रहरी अधिकारी २५ बर्ष भन्दा ज्यादा देखि काम गरेका प्रहरी हुन् । दंगाको बेला उनि क्यापिटल बिल्डिंग (संसद भवन )भित्र आफ्नो कर्तब्यमा (ड्यूटी)मा थिएनन् । तथापी उनि त्यहा पुगेका थिए ।

तर पछि सामाजिक संजाल मुहार पुस्तिका (फेसबुक)मार्फत उनले एक अज्ञात व्यक्तिलाई सन्देश पठाएका थिए । जसले कथित रुपमा उनीसंग स्वयमको तस्बिर (सेल्फी) र अन्य भिडियो(अङ्कीयदृश्य)हरु सदन भित्र देखाएको थियो भनि आरोपमा उल्लेख गरिएको छ ।

उनले उक्त अज्ञात व्यक्तिलाई यस्तो लेखेका थिए , हे (नमस्ते) म एक कैपिटल प्रहरी अधिकारी हुँ जो तपाईको राजनीतिक उद्देश्यसंग सहमत छु । उनीहरु हाल अनुसन्धान गरीरहेका छन् र भवनमा रहेका सबैलाई अभियोग लगाइएको छ। यसलाई एक पटक हेर्नु भनि लेखेका थिए भनि एबिसीन्यूजमा समाचार छ ।

ती व्यक्तिले रिलेसँग दर्जनौं सन्देशहरु आदानप्रदान गरे जो उनीहरुलाई जनवरी ६ मा सदन भित्र र बाहिर देखाइएको थियो।

अभियोग लगाइएका कागजातहरु अनुसार दुबै जना धेरै दिन सम्म सामाजिक संजाल फेसबुकको प्रत्यक्ष सन्देश मार्फत कुराकानी जारी राखेका थिए ।

प्रतिक्रिया