मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०४:२०
वासिङटन डिसी 18:35

क्यानडामा आफ्नी पत्नीलाई कोरोना बिरुद्ध खोप लगाएकोमा एक व्यक्तिले स्वास्थ्य परिचारिकालाई अनुहारमा मुडकी प्रहार

इनेप्लिज २०७८ असोज ८ गते ११:०१ मा प्रकाशित

क्यानडामा आफ्नी पत्नीलाई कोरोना बिरुद्ध खोप लगाएकोमा एक व्यक्तिले नर्स (स्वास्थ्य परिचारिका)लाई मुक्का प्रहार गरेका छन् । सिएनएनले जनाए अनुसार उक्त व्यक्तिले धेरै पटक उक्त स्वास्थ्य परिचारिकालाई अनुहारमा मुडकी प्रहार गरेका थिए ।

उनले उक्त स्वास्थ्य परिचारिकालाई भुईमा ढालेका थिए भने उनको भनी उनको अनुमति नलिई खोप लगाएको कारण भौतिक आक्रमण गरेको भनाई छ ।

गत सोमबार बिहान ९:१५ मिनेटमा क्यानडाको दक्षिण क्युबेक शहरको एक शेरब्रुकको ब्रुनेट ओखति पसलमा एक व्यक्ति आई ४० बर्षिय स्वास्थ्य परिचारिकालाई आरोप लगाएका थिए ।

प्रहरीले उक् पीडित स्वास्थ्यकर्मिको नाम सार्वजनिक गरेको छैन । प्रहरीका अनुसार उक्त व्यक्ति सुरु देखि नै निकै क्रोधित र निकै आक्रमणकारी रहेका थिए ।

उनलाई मुक्का हाने पछि उक्त व्यक्ति फरार रहेका थिए । क्यानडामा खोप लगाउन पति या पत्नीले कसैले अनुमति लिई रहनु पर्ने छैन । उनलाई हाल अस्पतालमा भर्ना गरिएको र उपचार भै रहेको छ ।

 

प्रतिक्रिया