मंगलबार, कार्तिक ९ २०७८
काठमाडौं ०६:२३
वासिङटन डिसी 20:38

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट २,०४६ जनाको मृत्यु, १ लाख ३४ हजार संक्रमित

दैनिक औसतमा ३६ प्रतिशतले मृत्यु दर वृद्धि , अस्पताल भर्ना हुने दरमा ९ प्रतिसत न्यून

इनेप्लिज २०७८ असोज ६ गते १०:३६ मा प्रकाशित

अमेरिकामा पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या १ लाख ३४ हजार ३६ पुगेको छ । त्यस्तै कोरोना भाइरसबाट २ हजार ४६ जनाको मृत्यु भएको छ ।

गत मंगलबार सेप्टेम्बर २१ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । औसतमा दैनिक १२ प्रतिशत संक्रमित दरमा कमि आएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ७८ हजार ५ सय ५७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३६ प्रतिशतले मृत्यु दर बढेको छ ।

यसै गरी गत मंगलबारको दिन सम्म कूल ९१ हजार ८ सय ३ जना कोरोना संक्रमितहरू अस्पतालमा भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ९ प्रतिसत घटेको छ हाल सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ४ करोड २४ लाख ४ लाख ३ सय ८० पुगेको छ ।

यसैगरी १७ लाख ७५ हजार ७५ जनाले कोरोना जाँच गराएका थिए भने जाँच गराउने संख्या दरमा १६ प्रतिशतको वृद्धि भएको छ ।

कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५४.८ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ६३.९प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७६.६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६६ प्रतिशतले लगाई सकेका छन् ।

हाल सम्म ३ करोड २८ लाख ३० हजार २५ जना कोरोनामुक्त भएका छन् ।

६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९३.२ प्रतिशत र पूर्ण खोप ८२.९ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकाको जनसंख्या ३३ करोड २७ लाख छ भने हाल सम्म ४६ करोड ७२ लाख ४९ हजार ७ सय १५ खुराक खोप आपूर्ति गरि सकिएको छ ।

प्रतिक्रिया