सोमबार, असोज ४ २०७८
काठमाडौं १३:५५
वासिङटन डिसी 04:10

क्यालिफोर्नियामा नेपाली मूलका सुमन पोख्रेलको असामयिक निधन,गो फन्ड संचालनमा

इनेप्लिज २०७८ भदौ २० गते १०:४८ मा प्रकाशित

असामयिक निधन भोगेका दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली

आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो,
इन्द्रै विन्ती गरुन् झुकेर पाउमा त्यो विन्ती मान्दैन त्यो,

मृत्युलाई न कसैले छेक्न सक्छ न कसैले टार्न सक्छ । कुन रुपमा आयो काल थाहा छैन, तर जे नहुनु थियो गराएर गयो ।

झापा घर भै हाल अमेरिकाको क्यालिफोर्निया राज्यमा बस्दै आएका  नेपाली मूलका २६ बर्षिय सुमन पोख्रेलको असामयिक निधन भएको छ । उनको निधन पछि क्यालिफोर्नियाको दि व्हाइट जोन क्यालिफोर्निया गैर मुनाफा सामाजिक संस्थाले उनको दाह संस्कार गर्ने सम्बन्धमा शवलाई नेपाल पठाउने या यही गर्ने भनि खर्च जुटाउन गो फण्ड मी खाता खोलेको छ ।

दि व्हाइट जोन क्यालिफोर्नियाका अनुसार स्व पोख्रेल बिगत ४ बर्ष देखि रिचमण्ड क्यालिफोर्नियामा बस्दै आएका थिए । उनलाई गत शनिबार सेप्टेम्बर ४ का दिन अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको जनाएको छ । उनि अत्यन्त सरल र मिजासिलो स्वभाबका थिए।

गत बर्ष मात्रै नेपाल गएर बिबाह गरेर अमेरिका आएका सुमनका २२ बर्षिय श्रीमती र बुवाआमाका एक मात्र सन्तान थिए । यस दुखद घडीमा सँस्थाले सबैबाट सहयोगको अपेक्षा सहित आह्वान र अपिल समेत गरेको छ ।

गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । १३ घण्टा अगाडी खोलिएको उक्त खातामा ५ सेप्टेम्बर ,बिहान ६:३० (डिसी को समय अनुसार ) बजे सम्म करिव १८ हजार डलर संकलन भै सकेको छ ।

सहयोग गर्न यहाँ थिच्नु होस् :

https://www.gofundme.com/f/help-for-suman-pokhrel-funeral?utm_source=

प्रतिक्रिया