बिहीबार, भदौ २ २०७९
काठमाडौं १६:४७
वासिङटन डिसी 07:02

तालिबानले कब्जा गरे पछि अमेरिकी श्वेत सर्वोच्चतावादीद्वारा प्रशंसा

इनेप्लिज २०७८ भदौ १७ गते १:१२ मा प्रकाशित

अफगानिस्तानमा तालिबानले कब्जा गरे पछि अमेरिकामा रहेका श्वेत सर्वोच्चतावादीले प्रशंसा गरेका छन् । उनीहरुको यो हर्कतले अमेरिकी सरकारको लागी चिन्ताको विषय भएको छ ।

यसले कालान्तरमा घरेलु हिंसात्मक उग्रवादको खतरासँग जुध्न बेलामै सतर्कता अपनाउनु पर्ने देखिएको छ ।

स्वेत सर्वोच्चतावादी तथा सरकार विरोधी चरमपन्थीहरुले तालिबानले गरेको कार्य प्रति सन्तुष्ट भए पछि अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति जो बाइडेनले अगस्त ३१ सम्म आफ्ना सेना पूर्ण हट्ने भनि गरेको बाचालाई पुरा गर्न सफल भएका छन् ।

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस)का अनुसार अघिल्लो हप्ताहरुमा सरकार विरोधी, श्वेत सर्वोच्चतावादी र अन्य घरेलु हिंसात्मक चरमपन्थी समूहहरुद्वारा प्रयोग गरिने साङ्गणिक मन्च (अनलाइन प्लेटफर्म) हरुमा उनीहरुले तालिबानको प्रशंसा प्रयोग गरेको पाइएको जनाएको छ ।

प्रतिक्रिया