बुधबार, भदौ १ २०७९
काठमाडौं ०५:१३
वासिङटन डिसी 19:28

अमेरिकामा ३ करोड १ लाख ४४ हजार कोरोनामुक्त,१६ करोड ८० लाख ९० हजारलाई पूर्ण खोप

मृत्यु दर ११३ तथा संक्रमण वृद्धि दर ६५ प्रतिशत

इनेप्लिज २०७८ साउन ३१ गते ११:०७ मा प्रकाशित

 

अमेरिकामा एकै दिनमा डेल्टा प्रजातिको कोरोनाभाइरस सहितबाट १ लाख २९ हजार ७ सय १ जना संक्रमित भएका छन् । त्यस्तै कोरोनाबाट ६ सय ५५ जनाको मृत्यु भएको छ ।

गत शनिबार अगस्त १४ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यूयोर्क टाइम्सले निकालेको हो । अमेरिकामा कोरोनाबाट संक्रमित हुने दैनिक औसत दरमा ६५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख २१ हजार ५१ जनाको निधन भएको छ भने दुई हप्तामा ११३ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिका ७४ हजार १ सय २८ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुने दरमा ६९ प्रतिशतले वृद्धि भएको छ । आइतबार बिहान अगस्त १५ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ६६ लाख ८४ हजार २८ जना रहेका छन ।

अमेरिकामा गत शनिबार अगस्त १४ का दिन १० लाख ३ हजार ६ सय ४८ जनाले कोरोना जाँच गराएका थिए ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ५०.६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५९.५ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ७१.८ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६१.६ प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म ३ करोड १ लाख ४४ हजार ६ सय ९ जना कोरोनामुक्त भएका छन् ।

अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ९०.९ प्रतिशत र पूर्ण खोप ८०.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ४१ करोड ५९ लाख १५ हजार ६ सय ५५ खोप आपूर्ति गरि सकिएको छ ।

अमेरिकाको दक्षिण राज्य लुजियाना ,फ्लोरिडामा लगायत हवाईमा संक्रमित संख्या अत्यधिक वृद्धि भएको छ । अमेरिकामा हाल सम्म १६ करोड ८० लाख ९० हजार ९ सय २५ ले पूर्ण खोप लगाई सकेका छन् ।

प्रतिक्रिया