सोमबार, असोज ४ २०७८
काठमाडौं १३:४८
वासिङटन डिसी 04:03

अमेरिकाको इन्डियानापोलिसको अन्त्येष्टि गृहको बाहिर ४ बर्षको बालिका सहित ५ जनालाई गोली प्रहार

इनेप्लिज २०७८ साउन १७ गते १:०३ मा प्रकाशित

अमेरिकाको इन्डियानापोलिस शहरको एक अन्त्येष्टि गृहको बाहिर ४ बर्षको बालिका सहित ५ जनालाई गोली प्रहार गरिएको छ । जुलाई ३१ का दिन शनिवार ५ जनालाई घाइते बनाई संदिग्ध फरार रहेका छ न भने प्रहरीले व्यापक खोज गरि रहेको जनाएका छन् ।

इन्डिया राज्यको राजधानी तथा अत्यधिक घना वस्ती भएको उक्त शहरको ११०० गृह समूहको पश्चिम स्थित ३० औ मार्गमा खबर प्राप्त गरे पछि प्रहरीहरू त्यहाँ पुगेका थिए भनि इन्डियापोलिस महानगरपालिकाका प्रहरी विभागका सूचना अधिकारी जेनी कुकले बताइन ।

उनका अनुसार त्यहाँ पुग्ने बित्तिकै त्यहाँ कम्तीमा पनि ३ जना घाइते भएको पाइएको उनले जानकारी दिईन । ४ वर्षीय बालिकालाई रिले अस्पताल भर्ना गरिएको छ भने उनको अवस्था गम्भीर रहेको उनले जानकारी गराएकी छिन् । त्यस्तै गरि १६ वर्षीय युवतीलाई पनि एसकेनाजी अस्पताल लागिएको छ भने उनको अवस्था स्थिर रहेको छ ।

अर्का गोली लागेका पुरुषलाई सेन्ट भिन्सेन्ट अस्पतालमा लागिएको छ भने उनको पनि स्वास्थ्य स्थिति ठिक रहेको कुकले बताइन । कुकका अनुसार आईयु हेल्थ मेथोडिस्ट अस्पतालमा केही समय पछि दुई जना व्यक्तिहरू हिडेर अस्पताल पुगेको उनले पत्रकारलाई बताइन ।

उक्त घटनामा नै उनीहरु संलग्न रहेको हुन् सक्ने उनले जनाएको समाचार सिएनएनले प्रकाशित गरेको छ ।

प्रतिक्रिया