शनिबार, माघ ८ २०७८
काठमाडौं १४:०५
वासिङटन डिसी 03:20

अमेरिकामा २ करोड ९५ लाख ४८ हजार कोरोना मुक्त ,अस्पताल भर्ना हुनेको दर ६८ प्रतिशतले वृद्धि

इनेप्लिज २०७८ साउन १२ गते १०:५४ मा प्रकाशित

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट ५६ हजार ६ सय ३५ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट २ सय ७५ जनाको मृत्यु भएको छ । गत सोमबार जुलाई २६ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।

विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा १४४ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख १० हजार ७ सय २२ जनाको निधन भएको छ भने दुई हप्तामा ७ प्रतिशतले मृत्यु दर बढेको छ ।

अमेरिकाका अर्कन्सस,मिजौरी,लुजियाना फ्लोरोड़ा राज्यहरुमा डेल्टा प्रजातीको कोरोना भाइरस अत्यधिक वृद्धि भएको छ ।

अमेरिकामा ६ लाख २६ हजार १४ जनाले कोरोनाको परीक्षण गराएका छन् भने जाँच गराउने दरमा ६ प्रतिशतले वृद्धि छ । हाल अमेरिकामा ३३ हजार ३ सय ५२ जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अस्पताल भर्ना हुनेको दर ६८ प्रतिशतले वृद्धि भएको छ । अहिले मंगलबार बिहान जुलाई २७ का दिन सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ४४ लाख ९४ हजार ६ सय ५० रहेको छ ।

अमेरिकामा कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ४९.१ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५६.८ प्रतिशत पुगेको छ ।

अमेरिकामा वयस्कहरूले अर्थात् १८ बर्ष भन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ६९ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ६० प्रतिशतले लगाई सकेका छन् । अमेरिकामा हाल सम्म २ करोड ९५ लाख ४८ हजार ४ सय ६८ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८९. ५ प्रतिशत र पूर्ण खोप ७९.८ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।

अमेरिकामा हाल सम्म ३९ करोड ४९ लाख ४९ हजार ५ सय ७५ खोप आपूर्ति गरि सकिएको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या १६ करोड। ३१ लाख ७३ हजार ३ सय ६६ पुगेको छ ।

प्रतिक्रिया