आइतबार, साउन २२ २०७९
काठमाडौं २१:१४
वासिङटन डिसी 11:29

एनआरएनए आईसिसी सचिव जोशी महासचिव लड्दै

इनेप्लिज २०७८ असार ३० गते १:५२ मा प्रकाशित

अमेरिका, गैरआवासिय नेपाली संघ अन्तराष्टिय परिषद्का सचिव गौरीराज जोशी आसन्न निर्वाचनमा महासचिवको उमेद्वारी दिने वताएकाछन् । गत शनिवार पत्रकार भोला आचार्यसँगको अन्तरवार्तामा सचिव जोशीले उक्त खुलासा गरेका हुन् ।

ग्लोवलटक नामक उक्त अन्तरवार्तामा उनले आफु महासचिवको तयारीमा रहेको र सो पद आफ्नो लागी स्वभाविक र उपयुक्त रहेको वताए ।एनआरएन अमेरिकाको भर्खरै न्युयोर्कमा सम्पन्न १० औं साधारण सभामा भएको विवादमा तानिएका उनले सपथग्रहणको क्रममा उत्पन्न असहज परिश्थितिमा स्टेजमा उक्लेर एनआरएनए उपाध्यक्ष सोनाम लामालाई बचाउन खोज्दा आफुलाई मुछिएको वताए ।

यसक्रममा सँगै स्टेजमा देखिएका एनआरएन अमेरिकाका पूर्व उपाध्क्ष डा केशव पौडेल र जोशी एकअर्कामा आक्रोशित देखिएको भिडियो तथा फोटो सार्वजानिक भएको थियो । पौडेल पक्षिय समुहले एनआरएन अमेरिकाको निर्वाचनमा नेतृत्व हात पारेपछि वर्तमान नेतृत्वसँग मिलेर जोशी सपथ ग्रहणको विपक्षमा रहेको आरोप लगाएको थियो ।

तर यता जोशी आफु प्रजातान्त्रिक मुल्य र मान्यताको पक्षमा विश्वास गर्ने भएकोले निर्वाचित टीमको सफथग्रहणको विपक्षमा नरहेको वताए । एनआरएन अमेरिकाका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक समेत रहेका डा पौडेलको योजनामा साधारण सभाका संयोजक बीआर लामाले कार्यक्रम तालिका विपरित र विधिविधान मिचेर साधारण सभा नटुगिंदै सपथग्रहण कार्यक्रम गर्दा स्वयं वर्तमान नेतृत्वले असहमति जनाएपछि उत्पन्न असहज परिश्थितिलाई आफुले सहज वनाउन भूमिका खेलेको जोशीको दावी छ ।

आसन्न निर्वाचनमा आफु महासचिवको वलियो उमेद्वार भएको दावी गर्ने जोशीले पौडेल सोही पदको तयारीमा रहेकोले आफुलाई विवादमा ल्याउन खोजेको आरोप लगाए । जोशीले कसैको डर त्रास र धम्किले महासचिवमा लडने आफ्नो तयारीलाई खासै असर गर्न नसक्ने वताए ।

एनआरएन अमेरिकाको स्थापनापूर्व न्याक नामक संस्थामार्फत आफ एनआरएनएको अभियानमा लागेको वताउने सचिव जोशीले एनआरएनए अभियानमा लामो समयदेखी संलग्न रहदै आएको सुनाए ।

झण्डै तीन दशक देखी अमेरिकालाई कर्मथलो वनाउदै आएका जोशी टेक्सास राज्यमा वसोवास गर्दै आएका छन् । टेक्सास राज्यमा वसोवास गर्ने नेपाली समुदायको नेतृत्व गर्दै एनआरएन अमेरिकाजको नेतृत्व गरिसकेका जोशी एनआरएनएको गत निर्वाचनमा सचिव पदमा निर्वाचित भएका थिए ।

पेशाले आईटी पोफ्रेसनल जोशी सचिव पदमा रहँदा एनआरएनएका मोवाईल व्लड वैक, डिजिटल आईडी सहितको सदस्यता वितरण गर्ने लगायतका स्मार्ट एनआरएनए परिकल्पनाका अभियानमा अगुवाई गरिरहेका छन् ।

आर्थिकरुपमा पनि संस्थामा हावी देखिएका सचिव जोशी संस्थालाई व्यक्तिगतरुपमा १ करोड सहयोग व्यक्तिमा गनिन्छन् । गैरराजनीतिक व्यक्तिको परिचय वनाएका जोशी यो संस्थाको मर्म र भविश्यका लागि उपयुक्त व्यक्ति रहेकोले आगामी निर्वाचनमा महासचिव पदका लागि गरिएको उनको तयारीलाई सवैले स्व्भाविक र अपेक्षितरुपमा लिएका छन् ।

 

प्रतिक्रिया