शुक्रबार, भदौ ३ २०७९
काठमाडौं २३:२९
वासिङटन डिसी 13:44

अध्यावधिक गरिएको : फ्लोरिडामा भत्किएको भवनमा कूल मृतकको संख्या ७९ पुग्यो

इनेप्लिज २०७८ असार २६ गते १२:१५ मा प्रकाशित

फ्लोरिडाको भत्किएको भवनमा कूल मृतकहरूको संख्या ७९ पुगेको छ । गत शुक्रबार १५ जनाको शव पुरिएको ठाउँबाट निकालिएको छ ।

मायामी डेड काउन्टीका नगर प्रमुख डानीला लेभिन काभाले बिहिबार जुलाई ९ का दिन जानकारी दिँदै कूल मृतकको संख्या ७९ पुगेको बताइन । अझ पनि ६१ जना हराई रहेको उनले पत्रकारहरुलाई जानकारी गराइन ।

लगातार १६ औ दिन सम्म पुग्दा भत्किएको भवन मुनिबाट लाश निकालिएको हो । कावाले पीडितलाई उद्धार गर्ने काम “ठूलो जोडतोडका साथ अघि बढिरहेको छ” जसले पीडित परिवारलाई खबर पुर्‍याउन दुई साता कष्ट व्यहोर्नु परेको भनिन ।

“यो आश्चर्यजनक र हृदय विदारक संख्या हो जसले हामी सबैलाई गहिरो प्रभाव पार्छ,” कावाले पछिल्लो मृत्युको बारेमा अध्यावधिक गर्ने क्रममा बताइन्।

उनले “संगै भएका सबै … प्रियजनलाई छोड्दैछन्। “यो त्रासदीको परिमाण दिनदिनै बढ्दै छ,” उनले भनिन्।

फ्लोरिडा र अन्य धेरै राज्यका उद्धारकर्मीहरू र आपतकालीन समर्थन टोलीहरूले १२/१२ घण्टाको पालोमा काम गरि रहेका छन् । अर्थात् दुई परिवर्तन समय(सिफ्ट)मा काम गरि रहेका छन ।

उक्त भवन फ्लोरिडा राज्यको मायामी शहर नजिक सर्फसाइड नामक शहरमा रहेको १२ तले भवन आंशिक रुपमा भत्किएको थियो । फ्लोरिडामा एलिजा नामक आंधी आउने भएकोले गत आइतबार राती १०:३० भवनलाई पुरै नष्ट गर्नु परेको थियो ।

गत जुन २४ का दिन बिहान बिहीवार उक्त भवन आंशिक रुपमा भत्केको थियो । उक्त समयमा अधिकांश मानिसहरु मस्त सुतिरहेका थिए ।

उक्त घटना बिहान १:३० मिनेटमा भएको थियो भने उक्त शहर मायामी समुन्द्रतट भन्दा करिव ६ माइल उत्तरमा पर्दछ । करिव ५५ वटा कन्ड़ोनियम(एक परिवार लागि पुग्ने फ्लाट अर्थात् एक तला -इकाई ) भवन खसेको थियो ।

उक्त भवन १९८१ मा निर्माण गरिएको हो भने सर्फसाइड शहर स्थित एक समुन्द्रतटको दक्षिणपूर्वको कुनामा रहेको छ ।

 

प्रतिक्रिया