अमेरिकामा दुई हप्तामा कोरोनाबाट मृत्यु हुने दरमा ४० प्रतिशत कमी तर संक्रमित दर ३५ प्रतिशतले वृद्धि
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १५ हजार २ सय ५९ जना संक्रमित भएका छन् । यसै गरि कोरोना भाइरसबाट १ सय ८२ जनाको मृत्यु भएको छ । गत बुधबार जुलाई ७ का दिन २४ घण्टामा उक्त तथ्याँक न्यू योर्क टाइम्सले निकालेको हो ।
विगत दुई हप्तामा कोरोनाबाट संक्रमित हुने औसत दरमा ३५ प्रतिशतले वृद्धि भएको छ । अमेरिकामा हाल सम्म कूल ६ लाख ५ हजार ४ सय २६ जनाको निधन भएको छ भने दुई हप्तामा ४० प्रतिशतले मृत्यु दर घटेको छ ।
हाल अमेरिकामा १७ हजार १ सय ४० जना अस्पतालमा कोरोना संक्रमितहरू भर्ना भएका छन् । अहिले बिहिबार बिहान सम्म कोरोनाबाट संक्रमित हुनेको कूल संख्या ३ करोड ३७ लाख ४६ हजार ४ सय ४२ रहेको छ ।
अमेरिकामा पूर्ण खोप लगाउनेको संख्या ४७.६ प्रतिशत भएको छ भने एक खुराक खोप मात्र लगाउनेको संख्या ५५.१ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले कम्तीमा पनि एक खुराक खोप ६७.२ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ५८.४ प्रतिशतले लगाई सकेका छन् ।
अमेरिकामा हाल सम्म २ करोड ९१ लाख ६८ हजार ३ सय १३ जना कोरोना संक्रमित निको भएका छन् । अमेरिकामा ६५ बर्ष भन्दा माथिका उमेरकालाई कम्तिमा एक खुराक खोप ८८.४ प्रतिशत र पूर्ण खोप ७८.७ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।
अमेरिकामा हाल सम्म ३८ करोड ३० लाख ६८ हजार ७ सय ४० खोप आपूर्ति गरि सकिएको छ भने कम्तीमा एक खुराक खोप लगाउनेको संख्या ३३ करोड १६ लाख ५१ हजार ४ सय ६४ पुगेको छ ।
प्रतिक्रिया