सोमबार, साउन ३० २०७९
काठमाडौं १६:०५
वासिङटन डिसी 06:20

शिकागोमा रेलगाडीले सवारी साधनलाई ठक्कर दिंदा २ वयस्क र १ बच्चाको मृत्यु

इनेप्लिज २०७८ असार १४ गते ११:१८ मा प्रकाशित

अमेरिकाको शिकागोमा रेलगाडीले ठक्कर दिंदा २ वयस्क र १ बच्चाको मृत्यु भएको प्रहरीले जनाएका छन् । गत आइतबार उक्त घटना भएको अधिकारीहरुले जनाएका छन् ।

उक्त रेलगाडी उत्तर तर्फ बढ्दै गर्दा साँझ ५ बजे पछि उक्त दुर्घटना हुन् पुगेको छ ।

उक्त रेलगाडीले करिव आधा माइल टाडा सम्म उक्त सवारी साधनलाई ठेलेको थियो भने पछि रोकिएको जानकरी शिकागो अग्नी नियन्त्रण अधिकारीले शिकागोको संचार माध्यम सन टाइम्सलाई जानकारी दिएका छन् ।

.उक्त रल्गदिको धक्काको कारण सवारी साधनमा आगो लागेको मेट्रा रेलका प्रवक्ता मेग रेलीले बताए । दुई वयस्क र १ बच्चाको घटनास्थल मै मृत्यु भएको थियो ।

अर्का ४३ बर्षिय मानिस उक्त सवारी साधनमा थिए भने भने उनलाई अस्पताल लागिएको छ भने उनि स्वास्थ्य रहेका छन् ।

उक्त दुर्घटनामा रेल चलाउने र रेलका अभियन्ता पनि घाइते भएका छन । उक्त समयमा रेलगाडीमा ४१ जना यात्रीहरु रहेको एबिसी न्युजले लेखेको छ । उक्त स्थानमा रेलगाडी ७९ माइल प्रति घण्टा मात्र चलाउन पाइन्छ ।

 

प्रतिक्रिया